
अहिले विश्वनै कोरोनाको चपेटामा परेको छ । यसबाट नेपालमात्र हैन विश्वका १ सय ३० ओटा देशहरुमा लकडाउन गरिएको छ । केहिमा बिस्तारै खोल्न शुरु गरिएको छ भने केहि झन कडा रुपमा प्रस्तुत भइरहेका छन् । कोरोनाका कारण फिल्म उधोग पनि अछुतो रहन सकेन ।
अहिले कोरोनाले भारत पनि आक्रान्त बनेको छ । धेरै चलचित्रहरु प्रदशन हुन पाएका छैन्न भने सुटिङ् नै रोकिएका छन् । त्यो भन्दा पनि बलिउडले यो लकडाउनको अवधीमा धेरै कलाकारहरु गुमायो । ३४ दिनको अवधिमा ऋषि कपुर, इरफान खान देखि लिएर वाजिद लगायतका कलाकारको निधन भइसकेको छ ।
अहिले फेरि बलिउड अभिनेता मुरली शर्माकी आमा पद्या शर्मा निधन भएको खबर आएको छ ।
उनको सोमबार ७६ वर्षको उमेरमा निधन भएको हो ।
उनको निधनको खबरले बलिउड शोकमा डुबेको छ ।
लामो समय देखिकार्डियक अरेस्टबाट पिडित पद्याले बलिउड र साउथ चलचित्रमा अभिनय गरिसकेकी छिन् ।
हरेक चलचित्रमा खालनायकको भूमिकामा निभाउने उनको अभिनयलाई असाध्यै रुचाइएको थियो ।
फिल्मका चर्चित निर्देशक रोहित सेट्टीदेखि लिएर धेरैले उनको आमालाई श्रद्धाञ्जली दिइरहेका छन् ।