२०७७ साल जेठ आषाढ कृष्णपक्ष २९ गते विहीबार षष्ठी तिथी धनिष्ठा नक्षत्र चन्द्रमा कुम्भ राशिमा
मेष : धन लाभको समय छ काममा भने पदोन्नती हुन सक्छ । व्यपारमा सामान्य घाटाको समय छ । घर परिवारमा मन रमाउनुको साथै भविष्यमा विदेश यात्राको लागि अवसर मिल्न सक्छ ।
वृषः काममा वाधा अर्चन देखिनुका साथै लगानीको अवसर प्राप्त होला अरुलाइ बिश्वास गरेर आर्थिक कारोवार नगर्दा राम्रो अन्यथा फसिन सक्ने छ । नयाँ अवसर प्राप्त होला जागिरमा ।
मिथुनः धर्ममा रुची बढ्नुका साथै भाग्यले व्यपार वा जागीरमा राम्रो सफलता प्राप्त होला । पिताजी सँगको सम्वन्धमा मधुरता छाउने छ भने पिताजीको सहयोगले विग्रेको काम बन्नेछ ।
कर्कटः चोटपटकको सम्भावना छ । आर्थिक भार पर्न सक्दछ । अरुले तपाईलाइ गलत देखाउन सक्दछन् । सतर्क रहनु होला । धेरै मेनत गरेर थोरै फल पाउने समय छ ।
सिंह : दाम्पत्य जीवन राम्रो भएर जानुका साथै प्रेममा सफलता हात पर्दछ । साझेदारीमा गरेको काममा सफलता हात लाग्दछ । पेटको समस्या भने हुन सक्छ खानपिनमा ध्यन दिनुहोला ।
कन्याः शत्रुको कारण महत्वपूर्ण काम बिग्रन सक्छ । धन सापटि लिनुभइको छ भने सतर्क रहनु होला अन्यथा समस्यमा पर्न सकिन्छ । नयाँ साथी वा नँया ठाउमा जान पाउने समय छ ।
तुलाः सन्तान पक्षलाइ लिएर समस्यामा पर्नु पर्ने हुन सक्छ । रोकिएको काम बनेर जानुका साथै जागीरमा प्रशंसा प्राप्त हुनेछ । यात्रा नगर्नु होला अन्यथा समस्यामा पर्न सकिन्छ ।
वृश्चिक : वाहन सुख पाउने समय छ । व्यपारमा सोचे भन्दा राम्रो सफलता हात पर्ने छ । रोकिएको धन आउनुका साथै धन लगानी गर्ने अवसर प्राप्त हुन सक्नेछ ।
धनु : थोरै मेहिनतमा पनि ठुलो सफलता हात पर्न सक्नेछ । तपाईको पराक्रम वढेर जानुका साथै जागिरमा पदोन्नती वा सरुवाको सम्भावना पनि देखिन्छ ।
मकर : कुटुम्व सँगको सम्वन्धमा राम्रो भएर जानुका साथै अचल सम्पत्ति जोड्ने अवसर प्राप्त हुन सक्नेछ । कान वा घाँटिको समस्या भने देखिन सक्छ सतर्क रहनु होला ।
कुम्भ : मानसम्मानमा वृद्धि हुनुका साथै काम वा समाजमा प्रशंशा प्राप्त गर्न सक्ने समय छ । तर कतै तपाइलाइ चोट लाग्न सक्दछ सतर्क रहनु होला । धन आगमन राम्रो हुनेछ ।
मीन : आउदै गरेको धन रोकिने छ । अरुको गल्तीमा तपाई फस्न सक्नुहुनेछ । नराम्रो समाचार सुन्नुपर्ने हुन सक्छ । घर परिवारमा भने रमाइलो वातावरण वन्नेछ ।