एजेन्सी । बाघी ३ कि अभिनेत्री श्रद्धा कपुर व्याइफ्रेण्ड रोहनका साथ घुम्न निस्किएको तस्विर सामाजिक संजालमा भाइरल भइरहेको छ ।
अहिले लकडाउन चलिरहेको छ । भारतमा पनि कोरोनाको असर सँगै लकडाउनलाई कायमै राखेको छ । यही बेलामा मंगलबार अर्थात हिजो श्रद्धा र उनको व्याइफेन्ड्र रोहन स्क्टरमा घुमेको फोटोहरु इन्टरनेटमा भाइरल भएको छ ।
भारतीय मिडियाहरुले प्रमुख स्थान दिएर यस्लाई प्रकाशन गरिरहेका छन् ।
बलिउड अभिनेत्री श्रद्धा कपुरले नेपाली यु्वकसँग बिहे गर्ने हल्ला गाइगुइ सुनिदै आएको हो ।
तर पनि उनीहरुले आधिकारिक रुपमा यस्को घोषणा गरेका छैन्न । अहिले उनीहरु सँगै देखिनुले फेरि यस्ले एकाएक चर्चा पाएको छ ।
श्रद्धाका बुबा शक्त्ति कपुरले भने उनको विवाहको कुरा हल्ला मात्र भएको बताउँदै आएका छन् ।
रोहन बलिउडका चर्चित सेलिब्रिटी फोटोग्राफर राकेश श्रेष्ठका छोरा हुन् । बलिउड बबलका अनुसार श्रद्धा लामो समयदेखि रोहनसँग डेट गरिरहेकी छिन् ।
दुबैले एक अर्कालाई लामो समयदेखि चिन्दछन् ।
३४ वर्षे रोहनको मूलघर काठमाडौं हो । उनका बुवा राकेश श्रेष्ठ काठमाडौंमा जन्मिएका हुन् ।
फोटोग्राफीमा रुची राख्ने राकेश मुम्बई गएर सेलिब्रिटीको फोटो खिच्न थाले र उतै चर्चित भए ।
रोहनको जन्म भारतको मुम्बईमा भएको हो । उनले न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन गरेका थिए ।
उनले बुवाको पेशालाई पछ्याउँदै आफू पनि यही क्षेत्रमा स्थापित भए ।
रोहनले फिल्मफेयर, इन्डिया जिक्यू, फेमिना, कस्मोपोलिटन, पिपल आदिका कभर फोटोसुट गरिसकेका छन् ।
उनले बलिउडका शीर्ष कलाकारको फोटोसुट पनि गरिसकेका छन् ।
हेरौ तस्विरहरु ..