संसदमा हिन्दी भाषामा बोलेको र राष्ट्रियताका सम्बन्धमा आपत्तीजनक भनाई राखेको भन्दै ब्यापक आलोचना खेपेकी संघीय समाजवादी पार्टीकी सांसद सरिता गिरीले बुधबार प्रतिनिसभा बैठकमा भने नेपालीमै बोलेकी छन् ।
उनले संसदमा राखेको नेपाल भारत सिमा सम्बन्धी अभिब्यक्तिको अहिले निकै आलोचना भइरहेको छ ।
भारतले नयाँ नक्सा जारी गर्दा भारतको अनुमति लिनुपर्ने, लिम्पियाधुरा नेपालको भूभाग हो भनेर आफुले स्वीकार नगर्ने जस्ता अभिब्यक्ति दिएपछि उनको आलोचना भएको हो ।
उनले आफुहरुको भाषा हिन्दी भएको र सपथ लिँदा पनि हिन्दीमा लिएका कारण संसदमा पनि सोही भाषा प्रयोग गरेको बताउँदै आएकी थिइन् । यद्धपी उनी नेपाली भाषा पनि राम्रोसंग बोल्न सक्छिन् र बुझ्छीन् ।
विनियोजन विधेयकबारे प्रधानमन्त्री केपी ओलीलाई पश्न गर्ने क्रममा गिरीले नेपालीमै बोलेकी हुन् ।
उनको नेपाली भाषा निकै स्पष्ट थियो ।
यस अघि उनले विभिन्न मिडियामा अन्तरवार्ता दिने क्रममा पनि नेपालीमै बोल्ने गरेकी छन् ।
तर संसदमा भने यसअघि उनले सधैं हिन्दीमा बोल्ने गरेकी थिइन् ।
हिन्दीमा भाषण गरेकामा संसदभित्र र बाहिर विरोध भएपछि उनले केही दिनअघि संसदमै हिन्दी नेपाली भाषा भएको जिकिर गरेकी थिइन् ।
अन्तरवार्ताका क्रममा पनि हिन्दी नेपाली भाषा भएको र अधिकांश तराईवासीले हिन्दीलाई सहज भाषाका रुपमा लिने बताएकी थिइन् ।
गिरीले पहिला भ्रष्टाचार धेरै हुने भए पनि बाहिर नआउने र अहिले बाहिर आएको र कारबाही भएकाले भ्रष्टाचार बढेजस्तो देखिएको भन्दै प्रधानमन्त्री केपी ओलीको भनाइप्रति आपत्ति जनाइन् ।
‘प्रधानमन्त्रीज्यूले पहिला भ्रष्टाचारमा पहिला कारबाही हुँदनथ्यो, अहिले हुन्छ । सुनिन्छ भन्नुभयो । तर अहिले भ्रष्टाचार हुन्छ अनि सुनिनका लागि कारबाही हुन्छ’, गिरीले भनिन् ।
र यो पनि पढ्नुहोस् : एकहप्ताभित्र सरिता गिरीलाई सांसद पदबाट राजिनामा दिन युवा संङ्घको माग