
विश्व व्यापी रुपमा फैलिएको प्राण घातक रोग कोरोना भाइरसका त्रासले विश्व तरङ्गित बनेको छ । पूर्णरूपमा यसको उपचार पनि सम्भावना नदेखिएको अवस्थामा शक्तिशाली देश चिन लगाएका छिमेकी देश हरुले उच्च सतर्कता अपनाउनु अत्यावश्यक देखिएको छ।
प्राचीन पद्धतिमा यस्ता खाले नकारात्मक शक्ति हावाको माध्यमबाट तिव्र रुपमा फैलिन सक्ने रोगहरुको बारेमा “चरक” संहिता नै हाम्रा ऋषीहरुले तयार पारेका हुन ।
कुरा आजभन्दा दसौं हजार वर्ष पहिलेनै लेखिएको पुस्तक वेदमा उल्लेख गरिएको छ।
वेदमा लेखिएको छ ४९ प्रकारका वायु (हावा)को व्याख्या तथा पुजा गर्ने कुरा उल्लेख गरिएको छ ।गणेश पुराणमा पनि यसरी फैलिने रोगको बारेमा व्याख्या गरिएको छ ।
हावाका माध्यमबाट सर्ने रोग कोरोना सर्पको बिसबाट निस्किएको प्रारम्भिक अनुसन्धानबाट जानकारी प्राप्त भएको छ । आजभन्दा हजारौं बर्ष पहिले नै हावाका माध्यमबाट कुनैप्रकारका रोग तथा सङ्क्रमण नफैलियोस भनेर ४९ मरुतगणको (हावा) पुजा तथा आराधना गर्ने विधान बताईएको छ । शिवमहापुराणमा सर्पको बीस बाट निस्किएको हावा शिवजीले निलेर विश्व ब्रह्माण्डको रक्षा गरेको कुरा उल्लेख गरिएको छ। यदि यस्तो नभएको भए यस्ता कुराहरुको कल्पना नै हुने थिएन ।
विभिन्न पुराण हरुको व्याख्या हेर्ने हो भनेपनि शिवजीले कालकुट बीस सेवन गरेकाले निलकण्ठ भनेर पुजा आजसम्म पनि गरिरहेका छौं तेसैलेपनि कुनै समयमा पृथ्वीमा सर्पको विसबाट मानवीय क्षेति हुन्छ भनेर शिवजीलाई बेलपत्र, श्रीखण्ड र पञ्चामृतले स्नान गराउने विधि उल्लेख गरिनुले पनि यसकाे व्याख्या वेद तथा पुराणहरुले गरिसकेको छ ।
यस्ता रोगहरुबाट बच्नका लागि नियमित बेलपत्त्त्र र श्रीखण्ड लागाएमा यस्ता प्रकारका कुनैपनि नकारात्मक शक्तिले असर नगर्ने कुरा शास्त्रकारहरुले दावी गरेका छन् ।
शिवजीलाई चढाएको बेलपत्त्र दैनिक रुपमा सेवन गरेमा हरेक प्रकारका रोग हरुको औषधी हुने कुरापनि जानकारी गराएका छन् । जुन समयमा शिवजीले कालकुट बीस सेवन गरेर पिडाभैरहेको समयमा वेलको छायामा बसेकाकारणले शान्ति प्राप्त भएकाले पनि जतिसुकै शक्तिशाली बीस भएता पनि वेलपत्त्रले सजिलोसँग प्रतिकार गर्ने सक्ने कुरा भएकाले पनि वेलपत्त्र तथा श्रीखण्डको व्याख्या शास्त्रमा गरिएको हो ।
दैनिक विहानको समयमा श्रीखण्डको टीका र बेलपत्त्रको रस सेवनले यस्ता खालेरोगहरुको कुनै पनि असर नपर्ने कुरा उल्लेख गरिएको छ । जुन कुराहरूको कल्पना भएको छ कुनै न कुनै समयमा यस्ता खाले कुराहरु भयाे र हुन सक्ने भन्दै औषधिका रुपमा यसको दैनिक प्रयोगमा ल्याउने कोसिस गरिएको थियो ।
लेखक रिजाल ज्याेतिष तथा वास्तुविद् हुन सम्पर्क ९८५१०६११२४
इमेल rijal.suresh123(At)gmail.com