
काठमाडौँ महानगरपालिका–३२ जडिबुटीमा मंगलबार भएको सवारी दुर्घटनामा २७ वर्षिय महिलाको ज्यान गएको छ ।
जडिबुटीस्थित सडकमा प्रदेश ३–०१–२२ च ८७१० नम्बरको कारले प्रदेश ३–०२–००५ प १५९८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा कागेश्वरी मनोहरा नगरपालिका–७ काँडाघारीका २७ वर्षीया सुप्रभा लुईंटेलको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको मंगलबार (हिजो) बी एण्ड बी अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको हो ।
कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लकडाउनको समयमा सडक खुल्ला भएको कारण कार तिब्र गतिमा रहेको बताइएको छ ।