
२०७७ साल जेठ आषाढकृष्णपक्ष २८ गते बुधवार पंचमी तिथी धनिष्ठा नक्षत्र चन्द्रमा मकर राशिमा
मेष राशी : पिताजी सँगको सम्वन्धमा समस्या वा तनाव देखा पर्न सक्नेछ । लामो यात्राको अवसर प्राप्त होला । गरेको काममा सफलता हात पर्ने छ भने साथी भाइसँगको भेटले मन प्रशन्न गराउनेछ ।
वृष राशी : धर्ममा रुची वढ्नुका साथै घरमा मांगलीक कार्य हुने सम्भावना छ । व्यपार व्यवसाय वाट लाभ प्राप्त होला । नगरेको गल्तीमा फस्न सक्ने सम्भावना छ सतर्क रहनु होला ।
मिथुन राशी : धर्म प्रति अविष्वास बढ्न सक्नेछ भने काममा तनाव आउन सक्नेछ । व्यापारमा घाटा लाग्न सक्ने सम्भावना देखिनुका साथै साहित्य क्षेत्रमा मन रमाउने छ ।
कर्कट राशी : लामो यात्रा नगर्नु होला अन्यथा दुर्घटनाको सम्भावना देखिन्छ । गरेको काममा भने सफलता हात पर्ला । नयाँ साथी सँग भेट हुने कारणले गर्दा मन प्रसन्न हुनेछ ।
सिंह राशी : रोकिएको काम बन्नुका साथै व्यापारमा लाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा भने मत मतान्तर हुन सक्नुका साथै घरमा कलहको वातावरण बन्नेछ । आर्थिक लाभको भने समय छ ।
कन्या राशी : नँया भोजन वा मिष्ठान्नमा मन रमाउने छ । धर्ममा रुची वढ्नुका साथै भविष्यलाई सोचेर गरेको चिन्ता वा योजना सफलता पूवर्क पूरा गर्न सक्नु हुनुछ नयाँ काम सुरु गर्न राम्रो समय छ ।
तुला राशी : जग्गा जमीन किन्न वा वेच्न सक्ने सम्भावना देखिन्छ । आर्थिक कष्ट पर्न सक्छ अनावस्यक खर्च नगर्नुहोला । घरमा मन रमाउनुको सक्छ भने व्यपारमा सोचे अनुसार सफलता नमिल्ने देखिन्छ।
वृश्चिक राशी : थोरै मेहनतमा पनि ठूलो सफलता हात पर्ने छ । भाग्यले भने सोचे अनुसारको साथ नदेला । पिताजी सँगको सम्वन्ध राम्रो भएर जानेछ । आर्थिक लाभको समय छ ।
धनु राशी : बोल्दा विचार गर्नु होला अन्यथा बोलीको कारण घर झगडा हुन सक्ने सम्भावना छ । काममा मन नलाग्दा कुटुम्व सँगको सम्वन्धमा भने समस्या छाउला ।
मकर राशी : सरकारी जागीर लाग्नुका साथै जागीरमा पदोन्नतीको सम्भावना छ । तर व्यपार व्यवसाय वाट भने हानिको समय देखिन्छ । नयाँ ठाउँमा लगानी गर्नु पूर्व धेरै सतक भएर गर्नु होला ।
कुम्भ राशी : मुद्दा मामिला छ भने नैराष्यता हात लाग्न सक्छ, पुलिस केसले भने समस्या पर्न सक्नेछ । शारिरीक परिश्रम धेरै गर्नु पर्ने समय छ । भाग्यले भने नैराष्यता प्रदान गर्ला ।
मीन राशी : आर्थिक लाभको समय छ तथा गरेको काममा सफलता हात पर्ला नसोचेको ठाउँवाट नयाँ समाचार प्राप्त गर्नाले मन सन्तुष्ट हुनेछ । दाजुभाइ सँगको सम्वन्धमा राम्रो भएर जानेछ ।