बलिउडका सुपरस्टार सोनम कपुरको आज जन्मदिन परेको छ ।
उनी विशेषगरि, आफ्नो पहिरनका कारण चर्चामा रहन्छिन् । चलचित्र ‘नीरजा’मा काम गरेपछि त झनै सोनमको चर्चा बढेको छ ।
उनै सोनमले हालै मात्र दिएको एक अन्तर्वार्ताले सनसनी मच्चाएको छ । सोनमले आफूलाई भएको यौ न दु र्व्यवहारको बिषयमा बोलेकी छिन् ।
सोनमका अनुसार, जतिबेला उनी १३ बर्षकी थिइन्, सो समयमा उनीमाथि यौ न हिं सा भएको थियो ।
सोनमले भनेकी छिन्-‘हामी साथीहरु अक्षय कुमार र रविना टन्डनको चलचित्र हेर्न हलमा गएका थियौ ।
हामी केटीहरुको त ग्याङ नै थियो ।
हामी, समोसा खान गइरहेका थियौ ।
अकस्मात एउटा केटाले पछाडिबाट मेरो बक्ष स्थल पक्रियो ।
उसले बक्ष स्थल पक्रिएपछि म के गरौ र कसो गरौ भन्ने अवस्थामा पुगेँ ।
म सानी भएकाले मेरो बक्ष स्थल थिएन ।’
सोनमले सो समयमा आफूलाई ठूलै गल्ती गरेको महुशुश समेत भएको बताएकी छिन् ।
यो घटनाले आफूलाई ३-४ बर्षसम्म पिरोलेको उनले एक टेलिभिजन कार्यक्रममा खुलस्त पारेकी छिन!
उनलाइ शुभकामना दिन बलिउड सेलिबेटीहरुले आफ्नो सामाजिक संजालको सदुपयोग गरेका छन् ।