‘प्रेमगीत’ सिनेमाबाट रातरात स्टार भएकी अभिनेत्री हुन् पूजा शर्मा ।
‘प्रेमगीत’पछि उनले अभिनय गरेको सिनेमा ‘म यस्तो गीत गाँउछु’ बक्सअफिसमा सुपरहिट भएको थियो ।
उनको अर्को सिनेमा ‘रामकहानी’ले सफलताको सिडी राम्रैसँग चढ्यो ।
नेपालमा एउटै कलाकारले लगातार हिट सिनेमा दिन त्यती सहज छैन् ।
त्यही असहजतालाई छिचोल्दै अघि बढिरहेकी छिन् पूजा शर्मा ।
उनको अभिनय तथा निर्माण रहेको सिनेमा ‘रामकहानी’ले पनि आक्रमक व्यापार गरेको थियो ।
अहिले नेपाली कलाकारको स्टारडम सिनेमाले गर्ने इनिसियल व्यापारले मापन हुने गरेको छ ।
त्यसै पनि चर्चामा आउनको लागि अनेर उपायको खोजीमा हुन्छन् फिल्मकर्मी । कहिले २० लाख पारिश्रमिक त कहिले स्वस्तिमा, सुष्मा र आँचलसँगको टकरावको कारण पूजाको चर्चा भइरहन्छ ।
भर्खरै मात्र रवि लामिछानेसँग पार्टी गरेका कारण चर्चामा आएकी पुजा आँचलसँग इन्स्टामा जोडिए पछि समाचारको शिर्षक बनि्न ।
अहिले लकडाउनको बेला सिनेमा नभएकोले पूजाले व्यवसाय सुरु गरेकी छिन् ।
लकडाउन र कोरोनाको कारण अहिले मास्क, पीपीइ, स्यानिटाइजर, स्प्रेलगायतको सामाग्रीको धेरै आवश्यकता पर्दछ ।
पूजा यही सामाग्रीको व्यापरमा लागेकी छिन् ।
उनको आधिकारिक फेसबुक पेज “पूजा शर्मा”मा उनले विज्ञापन गरिरहेकी हुन्छिन् ।
उनका फ्यान फलोइङ्ग धेरै भएकोले उनलाई सकरात्मक प्रतिक्रिया दिइरहेका छन् । तर केहिले भने उनलाई गाली गरिरहेको पनि देख्न सकिन्छ ।
धिरज पाण्डे लेख्छन्, ‘तपाई एउटा पपुलर सेलिबेटी हो,तपाइले चाहनु हो भने कि सामाग्री सित्तैमा दिन सक्नुहुन्छ तर यस्तो महामारीको बेलामा व्यापार’