अभिनेत्री निरिषा बस्नेतलाई कोरोना सङ्क्रमण भएको छ ।
मुम्बईमा रहेर सिरियलमा काम गरिरहेकी निरिषालाई कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको छ ।
उनलाई दिल्लीमा नै कोरोना संक्रमण भएको बताइएको छ ।
कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि उनी चिकित्सकको निगरानीमा छिन् ।
उनको स्वास्थ्य अवस्था बारेमा यति बेला सम्म आधिकारिक जानकारी दिइएको छैन ।
निरिषाको नेपाली चलचित्र ‘जानी नजानी’मा मुख्य अभिनेत्रीको भूमिका निभाएकी निरिषा कलाकार स्क्रिप्ट राइटर विश्व बस्नेतकी छोरी हुन् ।
उनले बलिउड चलचित्रमा प्रवेशका लागि संघर्ष गरिरहेकी थिइन् ।
चलचित्र ‘जानी नजानी’को रिलिजको समयमा उनी नेपाल आएकी थिइन् ।
यो चलचित्रले बक्स अफिसमा खासै सुखद् व्यापार गर्न नसकेपछि उनी मुम्बईमा नै संघर्ष गरिरहेकी थिइन् ।
अब रिपोर्ट नेगिटिभ नआएसम्म उनी अस्पतालमै रहेर उपचार गराउने छिन् ।
कलाकार विश्व बस्नेतकी छोरी निरिशाले भारतमा रहेर विभिन्न सिरियलमा काम गरिरहेकी छिन् ।
बीबीए सम्मको अध्यन गरेकी निरिषा बच्चै बेला देखि अभिनयमा आउन चाहन्थिन् ।
अमेरिकामा गएर अभिनय सिक्ने उनको रहर छ ।
उनले भारतमा भारतीय सिरियल ‘चन्द्र नन्दिनी’ मा काम गरिसकेकी छिन् ।
अभिनेत्री निरिषालाई स्वास्थ्यलाभको शुभकामना ।