
मंगलबार थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब कुल संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ । जसमा पुरुषको संख्या ३ हजार ७ सय ९८ पुगेको छ भने महिलाको संख्या २ सय ८७ रहेको हो ।
अहिलेसम्म १ लाख ६ हजार ३ सय ३१ जनामा पीसीआर विधिबाट परिक्षण गरिएको छ ।
अहिलेसम्म नेपालका ७२ जिल्लामा संक्रमण पुष्टि भएको छ । पछिल्लो समय इलाम जिल्लामा सङक्रमण पुष्टि भएसँगै सङख्या ७२ पुगेको हो । अब देशभरका ५ जिल्ला भने सङक्रमण मुक्त रहेका छन् ।
क्वारेन्टाइनमा बस्नेको सङख्या १ लाख ६५ हजार ७ सय ७५ पुगेको छ भने कोरोनाको कारण ज्यान गुमाउनेको सङख्या १४ पुगेको छ ।