
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना भाइरसका कारण विदेशमा समस्यामा परेका २५ हजार नेपालीलाई पहिलो चरणमा स्वदेश ल्याउने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले संकटमा परेका नेपालीलाई उद्धारको तयारी भइरहेको बताए ।
सरकारले विदेशमा संकटमा रहेका नेपालीहरूको तथ्यांक संकलन गर्ने र स्वदेश आउन चाहनेलाई सहज रूपमा ल्याउने गरी सरकारले आदेश जारी गरिसकेको पनि बताए ।
मन्त्री ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र फिर्ता भएसँगै त्यहाँ गरिनुपर्ने प्रशासनिक, सुरक्षा र विकास सम्बन्धि कामहरु अघि बढ्ने बताए ।
उनले सरकारले दार्चुलादेखी टिङ्करसम्म नेपाली भुभाग भएरै सडक निर्माण कार्य सुरु गरिसकेको बताए ।
संसदमा बोल्दै नेपाली कांग्रेसका नेता गगन थापाले कुन एयरलाइन्स मार्फत ल्याउने भन्ने विषयमा भाडामा बिवाद हुँदा सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई उद्वार गर्न नसकेको आरोप लगाएका थिए ।
संसदमा कडा रुपमा प्रस्तुत भएका गगन थापाले सुरुमै ५ मिनेट समय लिएर आफ्नो कुरा राखेका थिए ।
तलको भिडियोमा हेर्नुहोस संसदमा गगन थापाको गर्जन ।