
कन्नड फिल्मका चर्चित अभिनेता चिरञ्जिवी सर्जाको आइतबार हृदयघातका कारण निधन भयो । उनी ३९ वर्षका थिए । निधनपछि उनको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि घर पुर्याइको छ ।
चिरञ्जिवीको निधनपछि सोसल मिडियामा उनका प्रशंसकले उनलाई श्रद्धाञ्जली दिइरहेका छन् । यसका साथै चिरञ्जिवि सर्जा र नायिका मेघना राजको तस्बिर धेरैले शेयर गरिरहेका छन् ।
भारतीय सञ्चार माध्यममा प्रकाशित समाचारका अनुसार नायिका मेघना राज गर्भवती छिन् । उनको फार्महाउसबाट सार्वजनिक भएको उनको तस्बिरमा मेघनाको तस्बिर देखेर यस्तो अडकलबाजी गरिएको हो ।
https://www.instagram.com/p/B3xEpdon_EU/?utm_source=ig_embed
यी दुईको विवाह दुई वर्ष अघि २०१८ को मे २ तारिखमा भएको थियो । यी दुईले क्याथोलिक रितिरिवाजमार्फत् विवाह गरेपछि हिन्दु रितिरिवाजमा पनि विवाह गरेका थिए । मेघना र चिरञ्जिविले १० वर्ष डेट गरेपछि विवाह गरेका थिए ।
उनी सँगै ऋषि कपुर, इरफान खान देखि लिएर वाजिद सम्म आइपुग्दा १८ बढी कलाकारको मृत्यु भइसकेको छ ।
ऋषि तथा इरफानको क्यान्सरको कारणले निधन भयो भने वाजिद र अनिल सुरीको कोरोनाले ज्यान लियो ।
केहिले लकडाउनको कारण डिप्रेसनमा परेर सुसाईड गर्न बाध्य भए भने कतिलाई हृदयघातले लग्यो ।
अहिले बलिउड लकडाउनको मार र शोकमा डुबेको छ ।
बलिउड कलाकार चिरञ्जिवी सार्जाको निधनले बलिउड शोकमा डुबेको छ ।