
कोरोना सक्रमित लिएर सदरमुकाम आउदै गरेको लु १ च ३५३५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको छ ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वाड नम्वर ७ चन्द्रप्रभा माविवाट सङक्रमित लिएर आउँदै गर्दा खाचिकोट डिहिडाडा फर्जेङ खोला बजार नजिक सो दुर्घटना भएको हो ।
दुर्घटनामा परि ४ जना सामन्य घाइते भएको बताइएको छ भने १ जना महिलाको ढाडमा चोट लागेको जनाईएको छ ।
घाईतेको उपचार गरि ५ जनालाई सन्धिखर्कको आईसोलेसन कक्षमा लगिएको प्रहरी प्रमुख माधव बुढाथोकीले जानाकारी दिए।

दुर्घटनाको खवर पाउन साथ प्रहरी प्रमुख बुढाथोकी सहित टोलि घटनास्थल पुगेका थिए ।
नोट : दुर्घटनाको नयाँ तस्विर आएपछि पुरानो तस्विरलाई हटाइएको छ ।