
काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि निरन्तर सेवामा खटिरहेका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको छन् ।
स्याङ्जाको गल्याङ नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख लीलाबल्लब भण्डारी मृत अवस्थामा भेटिएका हुन् ।
४६ वर्षीय भण्डारी आइतबार साँझ घरनजिकैको बारीमा रहेको रुखमा झुण्डिएको अवस्थामा फेला परेको स्याङजा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीयले देखेपछि आफुहरुलाई खबर गरेका थिए ।
करिब एक वर्षअघि देखि भण्डारी गल्याङ नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख थिए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।