
जेठ २६ गते साेमबार देखि शुक्रहग्र उदय हुँदै छ।
१७ गते शनिबार पश्चिम दिशाबाट अस्त भएका शुक्रग्रह साेमबार विहान ९ बजेर २३ मिनेटमा पूर्व दिशाबाट उदय हुन लागेका हुन ।
शुक्रअस्तका क्रममा राेकिएका विभिन्न साइत तथा शुभ मुहुर्त हरुपनि साेमबार देखि पूर्ववत् रुपमा सुचारु हुनेछन् ।
धार्मिक हिसाबमा शुक्र तथा बृहस्पति अस्त भएको समयमा मूर्ति प्राण प्रतिष्ठा गर्न, पहिलो पटक कपाल क्षौर गर्न, तीर्थ यात्रामा जान, मन्दिर प्रतिष्ठा गर्न, कान छेदन गर्न, व्रतबन्ध, विवाह गर्न, दिक्षा दिन, मन्त्र सुन्न काम्योद्देश्यले वृषोत्सर्ग जस्ता कर्म साेमबारबाट यथावत् रुपमा गर्न मिल्ने छ ।
साथै गृहारम्भ, गृह प्रवेश तथा चांद्रायण व्रत, तुलादान, व्रतको सुरु र समापन , विद्यारम्भ अग्नि होत्र, सप्ताह पुराण, देव स्थापन, प्राण प्रतिष्ठा, संन्यास ग्रहण, राजाको दर्शन, राजाभिषेक, यात्रा, विशेष परीक्षा आदि शुक्रग्रह उदय संगै सम्पूर्ण धार्मिक कर्महरु सुचारु हुने छन । शुक्र तथा वृहस्पति अस्त र उदयकाे विशेष महत्त्व हुने गरेकाे छ ।
शुक्र ग्रह धन तथा समस्त आयुर्वेदका ज्ञाता भएकाले पनि यहीँ समयमा विश्वभर फैलिरहेकाे काेराेना भाइसकाे औषधिमा उल्लेख्य रुपमा प्रगति हुनुका साथै व्यवसायीक गतिविधि हरु रुपमा पनि क्रमिक रुपमा सुधार हुने अनुमान लगाइएको छ । धन सम्पत्तिका अधिष्ठात्त्री देवीका रुपमा पनि शुक्र ग्रहलाई पुजा गर्ने गरिन्छ । लामाे समय सम्म राेकिएका तथा ढिला भैरहेका काम हरु पनि शुक्रकाे उदय पछि सुचारु हुँदै जाने छन् ।
शुक्रकाे उदय हुदा प्राकृतिक रुपमा पनि सकारात्मक उर्जाकाे प्रवाह अधिक मात्रमा हुने हुदा लामाे समयदेखि विवादमा रहेकाे कालापानी, लिपुलेख र लिम्पीयाधुराकाे बहस सकारात्मक रुपमा यसले निकाश पाउने याेग रहेकाे छ ।

सेयर बजारमा पनि शुक्र उदयसंगै बिस्तारै चहल पहल सुरुहुने छ।खाद्यान्न बस्तुकाे मुल्यमा सामान्य रुपमा गिरावट हुनुका साथै बहुमुल्य बस्तुमा भने मूल्य वृद्धिको सम्भावना रहेकाे छ । माैसममा क्रमिक रुपमा सुधार हुँदै जाने छ । जग्गा जमिनकाे काराेबारमा बिस्तारै प्रगति हुँदै जाने छ
शुक्रकाे कारणले नै मानिसलाई विलासिताकाे जीवनशैली अपनाउन मद्धत गर्ने हुदा यद्यपि कुण्डलीमा शुक्रकाे अवस्था कमजाेर भएका मानिसहरुलाई भने विवाह वैवाहिक सम्बन्धमा केही नकारात्मक परिणाम देखापर्न सक्छ ।
लामाे समयदेखि रिलेसनमा हुनेहरुकाे वैचारिक द्वन्द्वका कारण छुटिनु पर्ने पनि हुनेहुदा विशेष सावधानी अपनाउदै भुवनेश्वरी माताकाे पुजा तथा दर्शन गर्दा केही सकारात्मक परिणाम प्राप्त हुनेछ । पुरुषका लागि शुक्रग्रह पत्नीको कारक हुने हुदा सुरुवाती समयम निक्कै हाेसियारी पुर्वक रहनुपर्ने देखिएकाे छ ।
चिना बनाउने क्रममा कुन ग्रह अस्त छ, कति ग्रहहरु डिग्रीका हिसाबले बलिया छन कुन कुन ग्रह कमजाेर अवस्थामा छन भन्ने सम्पूर्ण विवरण गणना गरेर देखाईएकाे हुन्छ ।
पृथ्वीले सूर्यकाे परिक्रमा गरिरहेकाे छ भने चन्द्रमाले पृथ्वीकाे तथा सूर्यले पूरै साैर्य परिवारकै नित्य रुपमा परिक्रमा गरिरहेकाे । हरेक ग्रहहरुले आफ्नै अर्विट तथा एक्सेसमा रहेर परिक्रमा गर्ने क्रममा शुक्र ग्रह जब पृथ्वीकाे नजिक रहेकाे समयमा केही दिनका लागि सूर्यको प्रकाशले शुक्र ग्रहको प्रकाशलाई छेक्नु या ओझेलमा पार्ने समयावधि लाई अस्त समय भनेर परिभाषित गरिएको छ ।
चिना बनाउने क्रममा कुन ग्रह अस्त छ, कति ग्रहहरु डिग्रीका हिसाबले बलिया छन कुन कुन ग्रह कमजाेर अवस्थामा छन भन्ने सम्पूर्ण विवरण गणना गरेर देखाईएकाे हुन्छ ।
सूर्य ग्रहले राहु तथा केतु ग्रहलाई बाहेक बाकी ६ ओटा ग्रहलाई अस्त बनाउने अवस्थामा ल्याउदछ । सूर्यलाई कुनै पनि ग्रहले अस्त बनाउन सक्दैनन् तर राहु तथा केतु ग्रहले केही समयकाे लागि सूर्यलाई अस्त बनाउदछ जुन अवस्था लाई ग्रहण भनेर भन्ने गरिन्छ । शुक्र उदय भएपछि सकारात्मक प्रबाह हुने विश्वास गरिएको छ ।
लेखक रिजाल संग प्रतक्ष सम्पर्क गर्नका लागि ९८५१०६११२४
इमेल rijal.suresh123[at]gmail.com