
कोरोनाको कारण नेपालमा थप एक जनाको ज्यान गएको छ ।
गण्डकी प्रदेशस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्याङजाको एक वृद्धको कोरोनाको कारण ज्यान गएको पुष्टि गरेको छ ।
आज बिहान एक विज्ञप्ती निकाल्दै यो कुराको पुष्टि गरेको हो ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा निर्देशक डा विनोद विन्दु शर्माले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ “गण्डकी प्रदेश, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा हिजो कोरोना संक्रमणको कारण आईसोलेसनमा भर्ना गरिएका स्याङ्जा जिल्ला, वालिङ नगरपालिका स्थायी ठेगाना भएका बर्ष ६० का १ जना पुरुषको मृत्युको पुष्टि भएको छ ।”
योसँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको सङख्या १४ पुगेको छ भने गण्डकी प्रदेशमा १ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् ।
अहिलेस्मम देशभरकाका ७१ जिल्लामा कोरोनाको संङक्रमण फैलिसकेको छ ।