
काठमाडाैं। पश्चिम नवलपरासीमा स्थानीय र सशस्त्र प्रहरीबीच झडप हुँदा ६ राउण्ड हवाइ फायर भएको छ।
आइतबार साँझ करिब ६ बजे प्रतापपुर गाउँपालिका ५ बसैयास्थित दशगजामा झडप भएको हो।
भारतबाट एक महिलाले मल ल्याएपछि दशगजामा सशस्त्रले रोकेको थियो।
ती महिलालाई रोकेपछि स्थानीयहरू सशस्त्रमाथि जाइलागेको जिल्ला प्रहरी कार्यालयका एसपी अजय केसीले जानकारी दिए।
‘मल ल्याएको विषयमा सशस्त्रले रोकेपछि स्थानीयले गुलेलीले हान्न थाले, ढुङ्गामुढा गर्न थाले, उनले भने, ‘नियन्त्रणका लागि हवाइ फायर समेत भएको छ।
झडपमा सशस्त्रका ६ घाइते भएको उनले बताए।
छ जना घाइते छन् एक जनाको आँखामा लागेको छ उनले भने।
उनीहरूलाई उपचारको लागि पृथ्वी चन्द्र अस्पतालमा लगिने उनले बताए।
४–५ जना स्थानीय पनि घाइते भएको तर आधिकारिक जानकारी नभएको उनले बताए। एसपी केसीका अनुसार अहिले स्थिति नियन्त्रणमा आइसकेको छ।
‘अहिले स्थिति नियन्त्रणमा आइसकेको छ, भोलि फेरि गाउँपालिका अध्यक्ष, स्थानीय तथा सुरक्षाकर्मीहरू बसेर छलफल गर्ने भनेका छौं, उनले भने।