
बलिउड अभिनेत्री तप्सी पन्नु वक्सअफिसमा सबैभन्दा सफल अभिनेत्री बनेकी छन्।
एक वर्षको अवधिमा रिलिज भएका तप्सीका पाँच सिनेमाले वक्सअफिसमा ३ सय ५२ करोड भारू कमाइ गरेपछि उनी बलिउडको सबैभन्दा सफल अभिनेत्री बनेकी हुन्।
एक वर्षको अवधिमा तप्सीले ‘मिसन मंगल’ ‘गेम ओभर’, ‘बदला’,’साड की आँख’ र ‘थप्पड’ गरी पाँच सिनेमा रिलिज भएका थिए।
यी पाँचै सिनेमाका लागि तप्सीले समीक्षक र दर्शकबाट राम्रो तारिफ बटुलेकी छन्। तप्सीको पछिल्ला चलचित्रहरू ‘रश्मी रकेट’ र ‘हसिन दिलरूबा’ ले बजारमा राम्रो छाप छोडेका छन् ।
भारतीय अनलाइन पिंकभिल्लासँग कुरा गर्दै उनले सुरुवाती दिनमा धेरै दुख गरेको बताएकी छिन् । आफ्नो स्कीन म्याच नगरेको भन्दै डाइरेक्टरले पटक पटक फिल्मबाट निकालेकाे सम्झदै अहिले सफलता पाएकोमा खुशी व्यक्त्त गरेको छिन् ।
त्यस्तै तप्सीले अमिताभ बच्चन, अक्षयकुमार र वरूण धवनसँग काम गरें भन्दैमा अचानक आफूलाई पनि उनीहरू जत्तिकै पारिश्रमिक चाहियो भनेर भन्न नसक्ने बताइन्।
‘उनीहरू सरह पैसा चाहियो भन्न सक्दिन किनकी म उनीहरूले जत्ति दर्शक हलसम्म ल्याउन सक्दिन। जुन दिन मेरो नामले त्यो स्तरको दर्शक तान्ने चर्चा र शक्ति बटुछ, मेरै नामका कारण फिल्म हेर्न दर्शक आउने तथा सुरूवाती व्यापार गर्न अवस्था आउँछ त्यो दिन म बराबर पारिश्रमिकको माग गर्नेछु’, तप्सीको भनाइ छ।