
कपिलवस्तुमा बितेको २४ घन्टामा ४८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यससंगै कपिलवस्तु जिल्लामा सङक्रमितकको संख्या ५ सय २३ पुगेको छ ।
पछिल्लो अध्यावधिक विवरणअनुसार कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिकाका बर्ष ४ देखि ४६ सम्मका ३१ जना पुरुष र वर्ष ६ देखि ५५ सम्मका ६ जना महिला गरी जम्मा ३७ जना, यशोधरा गाउँपालिका वडा नम्बर ७ का बर्ष २५ महिला १ जना र बर्ष २५ का पुरुष १ जना गरी जम्मा २ जनामा संक्रमणको पुष्टि भएको छ ।
सबै नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौमा परीक्षण गरिएको हो ।
यस अघि आज विहान बिजयनगर गाउँपालिकामा ५ जना र बुद्ध भूमि नगरपालिकामा ४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए ।
आज बिहान पुष्टी भएका *९ जना र अहिले पुष्टि भएका ३९ जना गरेर ४८ जनामा कोरोना संक्रमण देखिएको हो ।
*सच्चाइएको