
दुई दिनदेखि बेपत्ता सप्तरीको महादेवा गाउँपालिका २ अकवरपुर धाता टोलका एक बालक पोखरीमा मृत फेला परेका छन् ।
गत बुधबार साँझदेखि बेपत्ता स्थानीय सुर्यनारायण यादवका चार वर्षीय छोरा सुधीर यादव मृत अवस्थामा पोखरीमा फेला परेका हुन । घरसँग टाँसिएको आफन्तको घरमा टिभी हेर्न गएका बालक बेपत्ता भएका थिए ।
टिभी हेर्दै गर्दा विद्युत आपूर्ति बन्द भए पछि घरतिर लागेका थिए । राती अबेरसम्म घर नआएपछि रातभर खोजतलास गर्दा नभेटिएको बालक भोलिपल्ट नजिकको पोखरीमा मृत अबस्थामा तैरिरहेका अवस्थामा भेटिएको प्रहरीले बताइएको छ ।
टिभी हेरेर घरतिर लाग्दा रातीको समयमा बीच बाटोबाटै कसरी बेपत्ता भएको र घरदेखि करिब दुई मिटरको दुरीमा रहेको पोखरीसम्म कसरी पुगेको भन्ने पीडित परिवारजनले प्रश्न गर्दै घटना रहस्मय रहेको बताएको छ ।
बिहीबार बिहान प्रहरी, स्थानीयवासी र आफन्तजनले पोखरी, वरिपरी चारैतिर खोजतालस गर्दा बालक नभेटेको र साँझतिर त्यही पोखरीमा शंकास्पद अवस्थामा मृत भेटिएको कारण घटना रहस्मय भएको परिवारजनले आशंका गरेको छ ।
बालकको शव राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमामा रहेको तथा परीक्षणकालागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताइएको छ ।