
भारतमा कोरोना सङ्क्रमितको संख्या २ लाख ३६ हजार नाघेको छ ।
नेपाली समयअनुसार शनिबार बिहान साढे १० बजेसम्मको तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार ६ सय ५७ पुगेको छ ।
अहिलेसम्म ६ हजार ६ सय ४९ जनाको मृत्यु भइसकेको छ । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।
सार्वजनिक गरिएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा संक्रमित भएकाहरुको दैनिक संख्या मध्ये अहिलेसम्मकै सवैभन्दा धेरै भएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार भारतमा पछिल्लो २४ घण्टाको अवधिमा ९ हजार ४ सय ७१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । एकै दिनमा भारतमा कोरोना भाइरसका २ सय ८६ जना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार देशभरी अहिले पनि १ लाख १५ हजार ९ सय ३५ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । तीमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था चिन्ताजन रहेको बताइएको छ ।
त्यसैगरी १ लाख १४ हजार ७३ जना संक्रमण मुक्त भएर घर फर्किसकेका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।