
सांसद् गंगा चौधरको अभिव्यक्तिलाई लिएर संसदमा हंगामा भएको छ। सोमबार चौधरीले भारतीय चेलीहरुको सदनभित्र दादागिरी चल्न लागेको अभिव्यक्ति दिएपछि संसदभित्र हंगामा मच्चिएको हो।
शुक्रबार संसदमा बोल्दै अर्की सांसद् अमृता देवी अग्रहरीले हिन्दी भाषामा बोल्दै गंगा चौधरीले सार्वजनिक रुपमा माफी माग्नु पर्ने प्रतिक्रिया दिइन्।
उनले संसदमा यसो भनिरहँदा अन्य सांसद्ले उठेर विरोध जनाए। संसदमा हंगामा हुन थालेपछि सभामुख अग्नी सापकोटाले सबैलाई बस्न आग्रह गरे। सभामुख सापकोटाको आग्रह पछि अरु सांसद बसे । तर सांसद् अग्रहरी देवीले भने चौधरीको आलोचना गर्न छोडिनन्।
उनले सदन रगत उम्लाउने ठाउँ नभएको भन्दै रगत चिसो बनाएर कुरा गर्नु पर्ने उल्लेख गरिन्। यसो भनिरहँदा सभामुखले स्तरिय भाषाको प्रयोग गर्न आग्रह गरे। उनले त्यो आग्रहको पनि वास्ता गरिनन्।
उनले कसैको रगत धेरै तातो भए वाग्मतीमा गएर हाम फाल्नु पर्ने सम्मको अभिव्यक्ति दिइन्। उनले सांसद् कसैको अपमान गर्ने ठाउँ नभएको भन्दै आफूमाथि हुने भेदभावको पनि सीमा हुने उल्लेख गरिन्।
उनले सीमा भन्दा धेरै आफ्नो अपमान भएको पनि आरोप लगाइन्। पहाडीले कुर्सी छोड्न आग्रह गर्दै मधेसीले देश फिर्ता ल्याउने पनि उल्लेख गरिन्। उनले भनिन् मानिसलाई जुन बोल्नको लागि सजिलो हुन्छ त्यही भाषा प्रयोग गर्नुपर्छ मैले हिन्दीमा बोल्दैमा म भारतिय हुँदिन र कोही अंग्रेजीमा बोल्दैमा उ ब्रिट्रिस हुँदैन । त्यसैले म संसदमा हिन्दी भाषामै बोल्छु यदी कसैलाई मेरो भाषाप्रति आपत्ति छ भने उसले बाग्मतीमा हाम फाले हुन्छ ।
हेर्नुहोस भिडियो