
काठमाडौंको धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालमा उपचार गराइरहेका दुई बिरामीमा कोरोना संक्रमण फेला परेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबारको नियमित अपडेटका क्रममा काठमाडौंको एक निजी अस्पतालमा उपचाररत दुई जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
‘गुल्मीका र पोखराका दुई बिरामी ह्याम्समा उपचाररत हुनुहुन्छ । उहाँहरूमा संक्रमण देखिएको हो’ मन्त्रालय स्रोतले भन्यो ।
ती बिरामीहरू ६० र ७६ वर्षका हुन् । पछिल्लो २४ घण्टामा देशभर २७८ जनामा कोरोना संक्रमण देखिएको छ भने कुल संक्रमितको संख्या २९ सय १२ पुगेको छ । कोरोनाबाट थप एक जनाको मृत्यु भएको पुष्टि भएसँगै ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।