
जो सँग छ शक्ति, उसैको हुन्छ भक्ति” भन्ने उखानको प्रयोग यसपालीको नक्सा काण्ड राम्रो सँग देख्न पाईयो । स्वागत नेपाल ले सञ्चालन गरेको “स्वतन्त्र राष्ट्र”अभियान अन्तर्गत कालापानी, लिम्पियाधुरा, लिपुलेक माथी भारतिय कब्जा को बिरोध स्वरुप भारतिय प्रधानमन्त्री लाई प्रत्यक्ष सम्बोधन गरेर लेखिएको पत्रमा प्र.म. मोदीले प्रत्यक्ष चासो दिए बमोजिम भारतिय दूतावास मार्फत स्वागत नेपाल लाई प्रत्यक्ष फोन गरि निक्कै कडा प्रतिकृया जनाए पछि ठुलै हँगामा को रुप लिंदै थियो ।
अभियान कर्ताहरुकै भनाइ अनुसार लगभग ७७ वटै जिल्ला मा यसको प्रतिरोध स्वरुप भयंकर जनदवाव उत्रिदै थियो । चलाखी र धुर्तता मा चलेको सरकारले यो कुरा थाहा नपाउने कुरै थिएन । नेपाली जनमानस आफ्नो भुमि लुटिए बापत अब चुप लागेर बस्ने वालामा छैनन, अब सडक ओगटिने कुरामा कुनै द्विबिधा नै छैन भन्ने थाहा पाएर धुर्तता वश नक्सा जारी गर्दा समस्या नियन्त्रणमा आउने विश्लेषण गर्दै हतार हतार नक्सा निकालियो र सरकार भनौ वा सत्तारुढ दल सम्भाव्य नराम्रो दुर्घटना बाट जोगियो।
यदि सरकार चाम्रो भएर बसेको थियो र नक्सा निकाल्न तीन दिन मात्र ढिलो गरेको थियो भने को कसको नेतृत्व भन्नू भन्दा देश विरुद्धको प्रहार सम्झेर जनता जुरुक्कै उठ्ने थियो र सरकार को विरुद्ध भयंकर विद्रोह भइ १० दिन भित्रमा सरकार त के नेकपा पार्टी लगायत सायद काँग्रेस लाई पनि राजनीतिक क्षितिज बाट ओझेल पारिदिने बलियो सम्भावना थियो ।
सत्य लाई सत्य भन्न सक्नु पर्छ, सायद अहिलेको सत्ता, शक्ति र सञ्चार पनि अर्को वैकल्पित दृष्यशक्ति को पक्षमा नभएकोले यस तथ्य लाई सहजै लुकाउन सफल भएको छ । यदि सत्ता र सरकारले अरु समय जस्तै दादागिरी नै देखाउने धृष्टता गरेको थियो भने आज सम्ममा दुइतिहाइको सरकार लाई आँधिले बस्तिको अस्तित्व नामेट पारेझैं जनताको विद्रोहले ध्वस्त पारिसकेको हुन सक्थ्यो र भारतको दिल्लीमा पुराना पार्टी को अस्तित्व नामेट पारेर आम आदमी नामको पार्टी उदय भएझैं अर्को पार्टीको उत्पत्ती हुँदै गरेको अवस्था यति बेला हुन्थ्यो भन्ने यथेष्ट संकेत देखिएका थिए ।
जबर्जस्त र आवेगमै गरेको काम पनि उचित समयमा गरिंदा आज फेरि एक राष्ट्रियताको खोल ओढ्न सफल भएको छ र फेरि एकपटक जनताको आँखामा धुलो छ्यापेर राजनीतिक जरो अड्याउन सफल भएको छ नेकपा ।
वास्तवमा नेकपाको सरकार कसरी बन्यो त भन्ने पृष्ठभुमि लाई यथार्थको गहिरामा डुबेर विश्लेषण गर्ने हो भने काँग्रेसका सन्त नेता सुशील कोइराला नेपाली राज्य सत्तामा पुग्नु र नेपाली राज्यसत्तामा वैदेशिक हस्तक्षेपको श्रंखला चलिरहनु को परिणाम मा बुझ्न सकिन्छ र यसरी बुझिनु न्याय पनि हुन्छ।

संविधान निर्माणको मुख्य प्रयोजनको लागि सुशील कोइराला पाँचौ प्रधानमन्त्री बनेका थिए, यो भन्दा अघि चार जना प्रधानमन्त्री त्यही संविधान निर्माण को लागि भनेर बनी सकेका थिए जो सबै नै कम्युनिस्ट भनिनेहरु थिए । चार जना कम्युनिस्ट प्रधानमन्त्रीको प्रयासमा आउन नसकेको गणतान्त्रिक संविधान फरक विचार धाराका, फरक पार्टीका, सन्त पहिचान भएका त्यागी नेताको नेतृत्वले दिन सफल हुँदा आफुलाइ घगडान नेता भनाउने क्रान्तिकारी कम्युनिस्ट प्र.म. हरुलाइ लज्जा बोध हुनु स्वाभाविकै थियो र आधुनिक जनताले पनि त्यो कुरा बुझिसकेका थिए।
कम्युनिस्ट नेतृत्व धुर्त खड्ग ओलि लाई यो कुराको जानकारी नहुने कुरै भएन र यीनलाइ आगामी चुनावमा पनि आफ्नो धुलिसात हुने भयले सताइरहेको थियो भने २०६२/६३ को गणतान्त्रिक आन्दोलनको लक्ष्य लाई “बयल गाडा चढी अमेरिका पुग्ने यात्रा” भन्दै गर्दा पनि आन्दोलन सफल भइ आफ्ना सहयात्री हरु देशको सर्वोच्च पदमा पुगि सक्दा आफू टुलुटुलु हेरि बस्न निकै कठिनाइ महशुस पनि भइरहेको थियो।
संविधान जारी हुँदैगरेको अवस्थामा केही राजनीतिक पार्टिहरु जो नेपालको तराई भेगमा क्षेत्रीय राजनीति चलाउदै आएका थिए उनिहरु असन्तुष्ट थिए, उनिहरु आफुलाइ फरक पृष्ठभूमिमा देखाउने प्रयत्न गर्थे। यसै क्रममा तराईमा आन्दोलन शुरु भइसकेको थियो र यो आन्दोलन लाई नाङ्गो आँखाले देखिने गरि भारत भारतियहरुले सहयोग र समर्थन गरेर प्र. म. कोइराला लाई राजनीतिक घेराबन्दी गरिसकेका थिए। उता भारतिय प्र. म. नरेन्द्र दामोदरदास मोदि सँग सुशील कोइराला को बिरुद्ध षड्यन्त्रको जालो बुन्दै नाकाबन्दी सम्म लगाउने कुराको लागि मोदि र ओलि बिच गोप्य सहमति गरिसकेका थिए। संविधान जारी भए पश्चात प्र.म.कोइरालाले राजिनामा दिए, तत्पश्चात के.पि. ओलि प्र.म. बने।
नेपाल कुनै निश्चित भुमी विशेषको पहिचान को लागि सृजना भएको शब्द होइन बरु यो त अत्त्यन्त प्राचीन संस्कृतिको पर्याय हो, ऐतिहासिक संस्कृति को पहिचान हो, आधुनिक नेपाल को सृष्टि भन्दा धेरै जेठो इतिहासको निरन्तरताको पहिचान र अझ आधुनिकतामा भन्नू पर्दा यो एउटा स्वाभिमानको अर्को नाम हो
जब के पि ओलि प्र.म. बने, प्रजातान्त्रिक आन्दोलनमा आफ्नो सम्पुर्ण जीवन समर्पण गरेर कैयौं समय सत्ता र शक्ति को प्रयोग गरेर पनि लगभग सन्त पहिचान बनाएका प्र.म. सुशील कोइराला को राजनीतिक जीवन मा पुर्णविराम लगाउने प्रयास स्वरुप लगाइएको नाकाबन्दी के.पि.ओलि प्र.म.हुने बितिक्कै हार्दिक सौहार्द्रता बढ्न थालिसकेको थियो त्यसैको उदाहरण को रुपमा ओलि प्र.म.घोषित हुने बितिक्कै भारतिय प्र.म.मोदीले अनौपचारिक फोन वार्तामै बधाइ दिएका थिए। यहाँ हामी भित्र प्रश्न उठ्छ कि एक सन्त, प्रजातान्त्रिक नेता सँग प्रधानमन्त्री को हैसियतमा गरिनु पर्ने वा पारम्परिक रुपमा गरिंदै आएको साधारण सम्वाद समेत नगर्ने मोदि किन कम्युनिस्ट भनिने नेता सँग के कारण त्यति धेरै आकर्षित थिए त ?
त्यति मात्र होइन जब नाकाबन्दी लगाइयो नेपाल-भारत बिच व्यापारको नयाँ खेल शुरु भएको देख्न पाइयो । नाकाबन्दी को बहानामा के.पि.ओलि लाई यस्तो छुट दिइयो कि नेकपा का कैयौं कार्यकर्ताहरु कर छली व्यापार गरि रातारात करोडौं लुट्न सफल भए र यति गरिसके पछि नाकाबन्दी पनि मोदि र ओलिको कुटिल चालमा अन्त्य गरे। यता सरकार मा बसेरै पनि एकल पार्टी चुनावमा जाँदा काँग्रेस लाई हराउन नसकिने आँकलन भएपछी महाशत्रु घोषित भइ भयंकर शत्रुताको लडाइँ लडिरहेका समान हैसियतमा सरकार चलाइ सकेका दुई पार्टी मिलेर चुनावमा जाने सहमति समेत तिनै बाह्य शक्तिको पहलमा भएको प्रमाणित गरेको छ ।
सुशील कोइरालाको राजनीतिक यात्रा लाई पूर्णविराम लगाउने भारतिय कुत्सित मनसायमा के.पि. ग्याङ्ग सहित सम्पूर्ण माले, मसाले, मण्डले को एकगठ र एकमत भइ नाकाबन्दी मात्र लगाएन देशका सम्पूर्ण राजनैतिक भनिने शक्ति एक जुट भएर चुनावमा गए ! काँग्रेस ले चाहिँ देशमा शुरुवात हुन लागेको नयाँ राजनीतिक यात्रामा हरेक राजनीतिक व्यक्तित्व को महत्व रहन्छ भन्ने सत्य लाई मनन गर्दै आफुले एक्लै चुनाव लडि जित्ने सम्भावना भएको स्थानमा समेत त्यस्ता विशेष व्यक्ति लाई सँसदमा ल्याउन लागि पर्यो ।
सुशील कोइराला र काँग्रेसलाई त्यति बेला नेपालका माले, मसाले, मण्डले, तस्कर, लुटेराले मात्र तारो बनाउँदा केही लछार्ने अवस्था नभए पछि देशी-विदेशी सत्ता-शक्ति र पैसाको खोलो बगाइयो । धनुषाको चुनावमा काँग्रेसका शक्तिशाली नेतालाई चुनावमा हराउन नेपालका क्रान्तिकारी र रास्ट्रवादी भनिने कम्युनिस्ट ले सिमापारी बसेर देशै टुक्र्याउँछु भनेर उग्र आन्दोलन मच्चाउने राजेन्द्र महतोलाई भोट हाल्यो भने झापा जहाँ के.पि. कै गृह जिल्लामा कृष्ण सिटौला हराउन उनिहरुलेनै मण्डले भनिएका राजेन्द्र लिङ्गदेन लाई भोट हाले । परिणाम स्वरुप काँग्रेसको स्थिर मत बढे पनि गणितीय हिसाबमा चुनाव हार्यो ! यी र यस्ता उदाहरण बाटनै प्रष्ट बुझ्न सकिन्छ कि सत्ता प्राप्तिको लागि नेपालका कम्युनिस्टले के कस्ता हर्कतहरु गर्छन भनेर ।

विश्वभरका जनतामा देश र स्थान-विशेष अनुसार आ-आफ्नो विशेषता हुन्छ, त्यसलाई त्यस देशको शासन पद्धती र शासकले जोगाएर राख्छन किनकी त्यो नै त्यस देशको धरोहर हुन्छ र पहिचान अनि त्यो नै त्यस देशको राष्ट्रियता ठहरिन्छ र हो पनि । मैले यहाँ लामो पृष्ठभुमि बाँध्नुको औचित्य के हो भने नेपालमा कम्युनिस्टहरुले आफुलाइ क्रान्तिकारी र राष्ट्रवादी भनाउँदै जनता लाई प्रसस्तै भ्रम छर्न सफल भएका छन भने तिनै भ्रमित जनताको कमजोर मानसिकता माथी राज गरिरहेका छ्न ।
वास्तवमै कम्युनिस्टहरु राष्ट्रवादी हुनै सक्दैनन र अझ नेपाली कम्युनिस्ट भनिनेहरुमा त त्यो कुरो पटक्कै लागू हुन सक्दैन ! यिनीहरु क्रान्तिकारी भएर यीनकै नेतृत्व बाट नेपालमा आज सम्म कुनै पनि परिवर्तन आएको पनि छैन र राष्ट्रवादी त यिनीहरु हुनै सक्दैनन किनकी नेपाली माटोको राष्ट्रवादले कहिल्यै कम्युनिस्ट नै चाहँदैन अर्थात नेपाली माटो मा कम्युनिस्ट र कम्युनिजम म्याच नै गर्दैन ।
नेपाली जनता जन्मजात हिन्दु धार्मिक प्रकृतिका हुन्छन । यहाँ हरेक मानविय कृयाकलापहरु हिन्दु संस्कार संस्कृति, वेद, पुराण आदि बाट सिंचित वा प्रभावित हुन्छ, तिनै कम्युनिस्ट नेताको सबैको जीवनी, दैनन्दिनी, नामाकरण देखि पहिचान समेत हिन्दुधर्म संस्कार संस्कृति बाट निर्देशित र नियंत्रित रहँदै आएको छ र तिनको जीवन देखि मरण सम्म सम्पूर्ण हिन्दुधर्म परम्परा संस्कृति अनुसार हुन्छ । तर दुर्भाग्य यिनीहरु त्यसैको खोइरो खनेर राजनीतिक खेतिको जोहो गर्छन।
नेपाली कम्युनिस्टहरु कति सम्म निकृष्ट क्रान्तिकारी देखिने दुष्प्रयास गर्छन भने नेपालमा राष्ट्रिय जनावरको रुपमा स्थापित भइसकेको गाई लाई हटाउन खोज्छन, राष्ट्रिय पोशाक दौरा-सुरुवाल लगाउँदैनन, झण्डा फेर्ने दुष्प्रयास गर्छन र अझै भन्नू पर्दा देशको नाम माथी पनि दुष्ट दृष्टि लगाउँछन किनकी त्यो सामन्ती को देन हो अरे ! तर यीनलाइ त्यत्ती चाहिँ पटक्कै थाहा छैन कि यी सम्पूर्ण देन नेपालको प्राचीन देन हो र अझ “नेपाल” नाम त पूर्ण रुपमा शास्त्रीय नाम हो जसलाई हिन्दु संस्कृतिका अनुयायीहरुले आफ्नो धर्म शास्त्र मानेका छन ।
नेपाल कुनै निश्चित भुमी विशेषको पहिचान को लागि सृजना भएको शब्द होइन बरु यो त अत्त्यन्त प्राचीन संस्कृतिको पर्याय हो, ऐतिहासिक संस्कृति को पहिचान हो, आधुनिक नेपाल को सृष्टि भन्दा धेरै जेठो इतिहासको निरन्तरताको पहिचान र अझ आधुनिकतामा भन्नू पर्दा यो एउटा स्वाभिमानको अर्को नाम हो अनि स्वाधिनताको निर्विकल्प, अकाट्य, अमिट, अभेध्य किल्ला हो ! जसलाई यी साउन को झरीमा उम्रेका आवधिक (temporary) च्याउ जस्ता कम्युनिस्ट वा अन्य पार्टी को लहड वा बालहठ मा उखेल्न सकियोस ।
सायदै यीनले लहडबाजीमा गर्ने दुष्प्रयासले सानातिना घाउहरु लगाउन सफल भएका होलान । व्यक्तिगत जीवनका क्षणहरुको टीका-टिप्पणी र चियो-चर्चो हाम्रो चासो को कुरो होइन तर राष्ट्रिय जीवनका लामो समयमा कहिल्यै पशुपतिनाथको मन्दिर गएको नदेखिए तर एउटा तस्करले धार्मिक रंग दिएर आयोजना गरेको कार्यक्रम जुन नेपाल र नेपालीको कुनै पनि चासोमा नपर्ने कृष्चियन धर्मको प्रचारको कार्यक्रममा तीन दिन सम्म प्रधानमन्त्री कै हैसिययतमा घुँडा धसेर बस्ने र आफ्नो धर्म र सांस्कृतिक परम्परामा निर्माण हुने, विज्ञानले समेत नकार्न नसक्ने अमृत समानको पञ्चामृत पिउन लाज मान्ने ढोँगी कम्युनिस्टहरु तस्कर पृष्ठभुमिका कथित कृश्चियन धर्मगुरुले दिएको होलिवाइन(अझ विवादास्पद पेय पदार्थ) पिउन आफ्ना देश भरिका कार्यकर्ता समेत बोलाएर, सार्वजनिक सञ्चार माद्यम लाई अगाडि राखेर पिउने लाछी कम्युनिस्ट यो देशको राष्ट्रवादी हुने ?
यो लेखककाे निजी बिचार हो