
कर्णालि प्रदेशमा थप १ सय जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेशका अनुसार कर्णााली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ९७ जना र प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा ३ जना गरी जम्मा १०० जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमित व्यक्तिहरु सबैभन्दा बढी दैलेख जिल्लाका रहेका छन् । दैलेख जिल्लाका विभिन्न पालिकाहरुका ९१ जनामा कोरोना संक्रमण देखिएको छ भने जुम्लाका ३ पुरुष, हुम्ला, दोलखा, रामेछाप, गोरखा, सुर्खेत र जाजरकोट जिल्लाका १-१ जनामा संक्रमण पुष्टि भएको हो ।
रामेछाप गोर्खा र दोलखा स्थायी ठेगाना भएका व्यक्तिहरुको काम र व्यापारको शिलशिलामा कर्णाली प्रदेशमा रहेका छन् । योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ४ सय ८९ पुगेको छ ।