
भारतका कोरोना भाइरसको संक्रमण तिव्र गतिमा फैलिरहेका छ ।
नेपाली समयअनुसार शुक्रबार दिउँसो ३ बजेसम्मको तथ्यांक अनुसार भारतमा कोरोना भाइरसबाट सङक्रमण हुनेको संख्या २ लाख २७ हजार २९ पुगेको छ ।
संक्रमित २ लाख २७ हजार नाघ्दा १ लाख ९ हजार ४ सय ६२ जना निको भएर घर फर्केका छन् भने १ लाख ११ हजार २ सय ४ जना भारतको विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । तीमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
त्यहाँ पछिल्लो २४ घण्टामा ९ हजार ८ सय ८९ जना नयाँ संक्रमित थपिएका छन् भने २ सय ७५ जनाले ज्यान गुमाएका छन् ।
भारतमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या ६ हजार ३ सय ६३ पुगेको छ । संक्रमितको संख्याको आधारमा भारत ७ औं नम्बरमा भएतापनि ज्यान गुमाउनको संख्यामा भारत धेरै पछाडी छ ।
तथ्यांकलाई विश्लेषण गर्दा भारतमा कोरोना सङक्रमित मध्ये २ दशमलव ८० प्रतिशतले ज्यान गुमाएका छन् भने नेपालमा शुन्य दशमलव ३८ प्रशितले ज्यान गुमाएका छन् ।