
नेपालकको समर्थनमा अभिव्यक्त्ति दिएर चर्चामा आएकी मनिषा कोइराला क्यान्सर जितेकी चेली हुन् । उनले क्यान्सरलाई जितेपछि पुर्णुरुपमा मुक्त भएको भन्दै फ्यानहरुलाई जानकारी दिएकी थिइन् ।
केहि समय अगाडी फेसबुकमा स्टाटस लेख्दै उनले आफू क्यान्सरबाट मुक्त भएको सुन्दा बेस्सरी रोएको बताएकी थिइन।
क्यान्सरबाट मुक्त हुनुलाइ उनले पुर्नजन्म भन्दै आफ्नो स्वास्थ्यको लागी प्राथना गरिदिने सवैलाई धन्यवाद समेत दिएकी थिइन् ।
सुन्दर तथा क्षमतावान मानिएकी नेपालकी बलिउड अभिनेत्रीलाई २०१२ काे डिसेम्बरमा क्यान्सर लागेको पुष्टि भएपछि पहिले मुम्बइको जसलोक अस्पताल र त्यसपछि अमेरिकामा उपचार गराएकी थिइन् ।
त्यसयता उनि क्यान्सर विरुद्ध संघर्षरत थिइन् ।
मनिषाले ‘१९४२-अ लव स्टोरी’, ‘दिल से’, ‘सौदागर’, ‘मन’ जस्ता चलचित्रमा जिवन्त अभिनय गरेर बलिउडमा राम्रो स्थान बनाएकी थिइन्।
चलचित्रमा सफलता हासिल गरेपनि प्रेम र विवाहमा भने मनिषा कहिले सफल भइनन्।
उनका केही प्रेमीसंग विछोड भएको थियो।
उनको वैवाहिक जीवन पनि सुखद रहन सकेन्।
उनी केहि दिन अघिमात्र स्थलमार्गबाट भैरहवा (बेलहिया) नाका हुदै स्वदेश आएकी छन्।
लम्पियाधुरासहितको नेपालले नक्सा सार्वजनिक गरेपछि उनले दिएको प्रतिक्रियालाई लिएर भारतीय संचारमाध्यमले उनलाई विवादमा तानका थिए ।
मंगलबार बेलहिया नाकाबाट अभिनेत्री मनिषा कोइराला स्वदेश फर्किएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।
उनी आफ्नो बुबा र आमासँगै निजी गाडीमा स्वदेश आएकी हुन् ।
मनिषको पछिल्लो अभिव्यक्तिलाई लिएर अन्य कतिपय भारतीय च्यानल व्यक्तिगत दोषारोपणमा उत्रिएका थिए।
उनीहरुले मनिषाले त्रीपक्षीय वार्ता गर्नुपर्ने विषय उठाएकोमा पनि आपत्ति जनाएका थिए ।
मनिषाले प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै ट्वीटरमा लेखेकी थिइन्, ‘हाम्रो सानो राष्ट्रको मर्यादा राख्नुभएकोमा तपाईँलाई धन्यवाद ।
अब तीन महान राष्ट्रहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवाद भएकको हेर्न हामी सबै इच्छुक छौँ ।’