
आज चन्द्र ग्रहण लाग्दैछ ।
ग्रहण आज राति ११ बजेर १ मिनेटमा सुरु भएर शनिबार बिहान २ बजेर १९ मिनेटमा समाप्त हुनेछ भने १२ बजेर ३९ मिनेटमा ग्रहणको प्रभाव अधिक हुने ज्योतिषशास्त्रीहरुले बताएका छन ।
यो चन्द्रग्रहण एशिया, युरोप, अस्ट्रेलिया र अफ्रिकामा यो चन्द्रग्रहण देख्न सकिनेछ।
वैज्ञानिकहरूका अनुसार यो पिनम्ब्रल अथवा उपछाया ग्रहण हो।
त्यो भनेको पृथ्वीको छायाको बाहिरको हिस्सा चन्द्रमामा पर्नु हो, जसको छाया फिका हुने गर्छ।
आजको उपछायाँ चन्द्र ग्रहण, आगामी असार ७ मा लाग्ने सूर्य ग्रहण र असार २१ गते लाग्ने चन्द्र ग्रहण गरि तीन वटा ग्रहण लाग्नेछ ।
वैज्ञानिकहरुका अनुसार ग्रहण एक खगोलीय घटना हो ।
चन्द्र ग्रहणका बेला सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँछ ।
सूर्यको प्रकाश पृथ्वीद्वारा छेकिएर चन्द्र सतहमा अध्याँरो हुने प्रकृयालाई चन्द्र ग्रहण भनिने खगोलशास्त्रीहरुको तर्क छ ।
सूर्य ग्रहणको तुलनामा चन्द्र ग्रहण सहज रुपमा हेर्न सकिने खगोलविद्हरुले बताएका छन ।
र यो पनि
असार ७ गते अहिलेसम्म कै सबैभन्दा लामो सूर्य ग्रहण लाग्दै, यी ८ राशिलाई उच्च प्रभाव पार्ने
आजबाट अन्ध्रशुक्र शुरु, यी ६ राशिले अत्यन्तै सावधानी अपनाउनु होला
अबको ५ वर्ष ४ राशिले ढिलो नगरी यी व्यवसाय सुरु गर्नुहोस, सफलताले शिखर चुम्नेछ