काठमाडौं – म्यानमारबाट २६ जना नेपाली स्वदेश आइपुगेका छन् ।
म्यानमारबाट नेपाली नागरिक लिएर आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएको विमानस्थलका महाप्रवनधक देवेन्द्र केसीले बताए ।
म्यानमारमा रहेका २६ जना र युइएबाट १६८ नेपाली शुक्रबार नेपाल आउन लागेका हुन् ।
सरकारले आजदेखि विदशेमा अलपत्र परेका नेपाली कामदारलाई स्वदेश ल्याउँदैछ । यसैबिच आज यूएईबाट नेपाल ल्याउन लागीएका युएईमा रहेका कामदारहरु आउने भनिएको विमान अन्तिम समयमा आएर रोकिएको छ ।
विमानको भाडा स्वदेश आउन लागेका यात्रु वा सरकारले तिर्ने भन्ने विषयमा विवाद हुँदा आज मध्यान्हका लागि तय भएको उडान अनिश्चित भएको हो ।
यूएईले आफ्नै खर्चमा एयर अरेबियाका आठ उडानमार्फत अलपत्र नेपालीलाई पठाउने तालिकासहितको प्रस्ताव पठाएकोमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार अनुमति दिएको भएता पनि सरकार र कामदारबिच कुरा नमिल्दा आज स्वदेश फर्किने तयारीमा रहेका कामदारहरु उतै रोकिएका हुन् ।
१ सय ६८ जना सिट क्षमताको विमानमा नेपालीलाई पठाउने र पहिलो उडान शुक्रबार साँझ ६ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुने भनिएको भएता पनि अन्तिम समयमा आएर अनिश्चित बनेको हो ।