
कोरोनाको कारण निधन हुने ११ औं व्यक्तिको कोरोना परिक्षण नेगेटिभ आएपछी घर पठाइएको खुलासा भएको छ ।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले शुक्रबार बिहान ८ बजे एक विज्ञप्ती जारी गर्दै उक्त कुरा बताएको हो ।
सुर्खेतको जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका उक्त व्यक्तिको आरडीटी परिक्षण गर्दा नतिजा नेगेटिभ आएपछि उनलाई जेठ २१ गते घर पठाइएको थियो ।
घर पठाइएका ती युवाको जेठ २२ गते बिहान २ बजेर १५ मिनेटमा निधन भएपछि स्वाव परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ ।
योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको छ भने यी व्यक्तिको पनि निधन भएपछि मात्र कोरोना संङक्रमणको पुष्टि भएको छ ।
नेपालमा धेरै व्यक्तिहरुको ज्यान गुमेपछि मात्र कोरोना सङक्रमणको पुष्टि हुन थालेको छ ।