
लामो समयदेखिको लकडाउनका कारण नेपालमा रोकिएका भारतीय नागरिकलाई स्वदेश फर्काइएको छ ।
विभिन्न काम विशेषले काठमाडौं उपत्यकामा आएर रोकिएका भारतीय नागरिकलाई भारतीय राजदूतावासको पहलमा सडक मार्गबाट स्वदेश फिर्ता लगिएको हो ।
लकडाउनका कारण काठमाडौंमा व्यापार व्यवसाय गर्ने भारतीय नागरिक, धार्मिक भ्रमणका लागि आएका, आफन्त भेटघाटका लागि आएका आफ्ना नागरिकलाई दूतावासले भारत लैजाने बस ल्याएको समाचार केटीएम दैनिकमा प्रकाशित भएको थियो ।
दूतावासका अनुसार सम्पर्कमा आएका आफ्ना नागरिकलाई बस मार्फत लैजाने व्यवस्था गरिएको छ ।

भारत सरकारले यस अघि पनि नेपालमा आई विभिन्न ठाउँमा रोकिएर बसेका आफ्ना नागरिकलाई उद्धार गरी प्लेन मार्फत स्वदेश फिर्ता लगेको थियो । नेपाल सरकारले पनि विभिन्न नाका मार्फत भारतमा रहेका नेपालीलाई स्वदेश फकाईरहेको छ।
गत बैशाख २५ गते भारतबाट अमेरिका, फिलिपिन्स, सिंगापुर, बंगलादेश, युएई, युके, साउदी अरेबिया, कतार, सिंगापुर, फिलिप्पीन्स, ओमान, बहरेन र कुवेतकाबाट आफ्ना नागरिकहरु फिर्ता ल्याउन उडान भरेको थियो ।
कोरोना भाइरसको कारणले गर्दा विदेशमा अलपत्र परेका आफ्ना हजारौं नागरिकहरूलाई भारतले बैशाख २५ गते बिहीबार देखि विश्वको सबैभन्दा ठूलो निकासी अभियान शुरू गरेर हवाई र समुद्री मार्ग मार्फत फिर्ता ल्याएको थियो । विश्वभर छरिएर रहेका तीन लाख भन्दा बढी भारतीयहरूले सरकारले हवाइ र जलमार्गबाट उद्दार गरेको थियो ।
पढ्नुहोस् यसबारे दीप बहादुर बडुवालले लेखेको यो आलेख
भारतले आफ्ना नागरिकहरुलाई स्वदेश ल्याइसक्यो, नेपाल सरकारले कहिले ल्याउने ?