
प्रदेश १ बाट बिहीबार एकैदिन ३० जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।
कोशी अस्पताल कोभिड १९ मा उपचाररत २७ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान कोभिड १९ मा उपचाररत ३ जना डिस्चार्ज भएका हुन् ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार योसँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ७८ पुगेको छ । विराटनगरबाट बिहीबार डिस्चार्ज हुनेमा २३ जना पुरुष र ४ जना महिला रहेका छन् । डिस्चार्ज हुनेहरु वैशाख ५ गतेदेखि जेठ ९ गतेसम्म भर्ना भएका कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका संयोजक ज्ञानबहादुर बस्नेतले बताए ।
संक्रमित हुनेमा वैशाख ५ गते अस्पताल भर्ना भएका विराटनगर, मोरङ,सप्तरी , उदयपुर, धनकुटा, मोरंग, झापा,सुनसरी र खोटाङका रहेका छन् । डिस्चार्ज भएका सबैलाई सामाजिक विकास मन्त्री जीवन घिमिरे, कोशी अस्पताल मेडिकल सुपरीटेन्डेन्ट डा.संगीता मिश्रा, कोभिड अस्पताल संयोजक ज्ञानबहादुर बस्नेत लगायतले बिदाई गरेका थिए । डिस्चार्ज भएका सबैलाई संवन्धित जिल्ला पठाइएको छ ।
प्रदेश १ को १२ जिल्लामा १ सय ९७ जना कोरोना संक्रमित फेला परेका छन् तीमध्ये १ सय १९ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।
केही दिन संक्रमण अझै बढ्छ : मन्त्री घिमिरे
भारतबाट नेपाल फर्कने क्रम बढेका कारण प्रदेशमा काेराेना संक्रमितको संख्या अझै बढ्ने प्रदेश १ का सामाजि विकास मन्त्री जीवन घिमिरेले बताएका छन् ।
परीक्षणको दायर बढाइएका कारण अझै केही दिन प्रकोप बढ्ने उनले बताए । कोरोनाबाट जोगिन उच्च सतर्कता अपनाउन आवश्यक रहेको उनकाे भनाइ थियो ।