
बलिउड अभिनेत्री श्रद्धा कपूर हालै सामाजिक संजालमा मुखमा माक्स लगाएका तस्विर शेयर गरेकी छिन् ।
उनी मुखमा माक्स लगाएर पसलमा तरकारी किन्न निस्केकी हुन् ।
दैनिक उपभोग्य सामान किन्न भाइसँगै पसलमा पुगेकी श्रद्धाले तस्विर शेयर गर्दै स्टाटस लेखेकी छिन् ।
कोरोना भाइरसका कारण भारतमा गरिएको लकडाउनका कारण दुई महिनादेखि घरमै समय बिताएकी उनि लामो समय पछि बाहिर निस्केको बताएकी छिन् ।
उनले यो समयमा बिभिन्न किसिमका भिडियो र तस्विर शेयर गर्दै फ्यानहरुलाई मनोरन्जन दिइरहेकी छिन् ।
उनले स्टाटसमा लेखेकी छिन् धेरै समय पछि पसलमा आएकी छु ।
https://www.instagram.com/p/CAuB20mJD1P/
धेरैले उनलाई लकडाउनमा बाहिर निस्किएको भनेर गाली गरे भने केहिले रणवीर जस्तो देखिने को हो भनेर कमेन्ट पनि गरेका थिए
र यो समयमा घरबाट कोहि पनि बाहिर ननिस्कनु होला ।
श्रद्धा पछिल्लो समय फिल्म ‘बागी–३’मा देखिएकी थिईन् ।
उक्त फिल्मले बक्स अफिसमा राम्रो व्यपार गर्न सफल भयो ।