
नेपालमा २४ घण्टामा ३ सय ३४ जना कोरोना संक्रमित भेटिएका छन् ।
यो सगै नेपालमा संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ ।
नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबत्ता बिकास देबकोटाले जानकारी दिएका हुन् ।
संक्रमितको संख्या २ हजार ६ सय ३४ पुग्दा २ हजार ४ सय ५० जना पुरुषहरु रहेका छन् भने १ सय ८४ जना महिला रहेका छन् ।
प्रदेशगत हेर्दा प्रदेश १ का १२ जिल्लामा १ सय ९७ जना, प्रदेश २ का ९ सय ६३ जना, बाग्मति प्रदेशको १२ जिल्लामा ५९ जना, गण्डकी प्रदेशको ७ जिल्लामा ५३ जना, प्रदेश ५ को ११ जिल्लामा ८ सय ९८ जना, कर्णाली प्रदेशका मुगु सहित ६ जिल्लामा ३ सय ८३ जना र सुदुरपश्चिमको ९ जिल्लामा ८१ जना संक्रमित फेला परेका छन् ।
योसँगै देशका ७७ जिल्लामध्ये ६५ जिल्लामा संक्रमित फैलिसकेका छन् ।
थप एकजनाको आज निधन भएको छ योसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङख्या १० पुगेको छ ।