
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले लकडाउनका कारण काेराेनाभाइरस (कोभिड १९)को संक्रमण समुदायमा नफैलिएको दाबी गर्नुभएकाे छ । बिहीबार सामाजिक सञ्जालमार्फत उहाँले यस्ताे दाबी गर्नुभएकाे हाे ।
बजार खोल्दा संक्रमण समुदायमा फैलिने उहाँले चिन्ता पनि व्यक्त गर्नुभएकाे छ । सामाजिक सञ्जालमा मुख्यमन्त्री पोखरेलले लेख्नु हुन्छ- ‘क्वारेन्टाइन र लकडाउनका कारण कोभिड १९ समुदायमा फैलिएको छैन । आफूखुसी बजार खोल्दा समुदायमा फैलिए त्यस्को जिम्मा कस्ले लिने ? गम्भीर बनौँ ।’
सरकारले लागू गरेको आठौं चरणको लकडाउनबाट आजित व्यवसायीले बन्द व्यवसाय बिहीबारबाट खुलाउन थालेका छन् ।
बिहीबार बिहान काठमाडौंका मुख्य व्यापारीक केन्द्र न्युरोड, कोटेश्वर, बौद्ध, भोटेबहाल, इन्द्रचोकलगायतका क्षेत्रका पसलहरू खुला भएका छन् ।
साना उद्योगी तथा व्यवसायीहरूको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुधबार पसल खुला गर्ने निर्णय गरेको थियो ।
गत चैत ११ गतेदेखि सुरू भएकाे लकडाउनकाे पछिल्लाे म्याद यही जेठ ३२ गतेसम्म कायम गरिएकाे छ ।
क्वारेन्टाइन र लकडाउनका कारण कोभिड १९ समुदायमा फैलिएको छैन।आफुखुसी बजारखोल्दा समुदायमा फैलिए त्यस्को जिम्मा कस्ले लिने? गंभीर बनौ।
Posted by Shankar Pokhrel on Wednesday, June 3, 2020