
नेपालमा थप एकजनाकाे काेराेनाबाट मृत्यु भएकाे छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा थप एकजनाकाे काेराेनाबाट मृत्यु भएकाे प्रवक्ता विकास देवकोटाले बताएका छन् ।
उनकाे बुधबार मृत्यु भएको र उनी त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत दोलखाका पुरूष रहेकाे देवकोटाले बताएका छन् ।
दोलखा भिमेश्वर नगरपालिका-२ का ७६ वर्षीय वृद्धको महाराजगन्जस्थित टिचिङ अस्पतालको गणेशमान भवनको आइसियूमा उपचार भइरहेको थियो।
हेमाेरेजिक स्ट्रोक भएकाे कारण उनलाई जेठ १३ गते सिनामंगलको केएमसी अस्पताल ल्याईएकाे थियाे ।
उनको न्यूरो सर्जरी गरिएको थियो।
जेठ १४ गते उनकाे स्वाब संकलन गरेपछि उनमा काेराेना पाेजेटिभ देखिएपछि थप उपचारकाे लागि त्रिवि शिक्षण अस्पताल सारिएकाे थियाे ।
यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।