जेठ ११ गते आइतबार बिहान भाइरल भएकाे एउटा अन्तर्वार्ताकाे कारण वर्षा राउत सामाजिक सञ्जालमा आलाेचित बन्न पुगेको छिन् । उनले सामाजिक सञ्जालमा आएर माफी मागेपनि धेरैले उनलाइ माफ गर्न सकेकाे छैन्न । मनिषाले दिएकाे एउटा अभिव्यक्त्तिकाे कारण उनले नेपालमा राम्राे चर्चा कमाइन् । भारतीय मिडियाले उनकाे खेदाे खने । तर नेपाली पनि के कम उनकाे समर्थनमा उत्रिए । राजेश हमाल देखि निखिल उप्रेतीसम्म उनकाे समर्थनमा उत्रिए । उसाे त नेपाली अभिनेत्रीहरुले पनि उनलाई मज्जाले साथ दिए ।
“वर्षाकाे भारतीय साथीलाई कसरी फेस गर्नु” भनेपछि उनका फ्यानहरु दुखी भए । केकी अधिकारी देखि लिएर निता ढुङगानाले समेत राष्ट्रियता सिकाउन भ्याए । पछि रिमा विश्वकर्मा भने उनलाई समर्थन गर्न आइन । वर्षाले माफी मागे पछि सबै माैन नै रहे ।
तर, वर्षाले अब भने आफू उच्च मनोबलका साथ अगाडि बढ्ने बताएकी छिन् ।
वर्षा लेख्छिन्–‘न्यानो माया दिनेहुने सबैलाई नमन गर्न चाहन्छु ।
उच्च मनोबल र जिम्मेवारीका साथ अगाडि बढ्ने निधो गरेकी छु ।’
चलचित्र क्षेत्रमा काम गर्ने कलाकारहरु समय समयमा विवादित बन्दै आएका छन् ।
सानो कृयाकलाप पनि निकै चासोका साथ हेरिने भएकाले कलाकारहरुको सानो गल्तीको पनि ठूलो प्रतिकृया आउने गर्छ ।
यो पटक वर्षाले भोगेको विवाद अरुको भन्दा विल्कुल फरक छ ।
तर, यसपटक उनले भोगेको विवाद उनको करिअरकै लागि ठूलै पाठ समेत बनेको छ ।
यसैले पनि वर्षाले जिम्मेवारीका साथ अगाडि बढ्ने उल्लेख गरेकी छिन् ।
??
Posted by Barsha Raut on Saturday, May 30, 2020