
खोलाले बगाउँदा संखुवासभामा ८ बर्षिय बालिकाको ज्यान गएको छ ।
संखुवासभाको खाँदवारी नगरपालिका-८ बस्ने दिपक राईको ८ बर्षीया छोरी कोरीना राईको सभाखोलाले बगाएर मृत्यु भएको हो ।
बुधबार (आज) दिउँसो सवा १२ बजेको समयमा बुबा छोरी दोभानटार तर्फ जाँदै गर्दा बाटोमा पर्ने सभाखोला तर्ने क्रममा अचानक दुबै जना खोलामा लडेर थिए ।
खोलाले बगेको कारण बालिकाको निधन भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
बुबा दिपक राई भने पौडिएर निस्कन सफल भएको तथा बालिकालाई बगाएको स्थान भन्दा करिव साँढे १ किलोमिटर तल मृत अवस्थमा फेला पारिएको छ ।