
गत २४ घन्टामा २ सय १ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालया प्रवक्ता डा विकास देवकोटाका अनुसार नयाँ संक्रमित हुनेको संख्या २ सय १ रहेको छ । देशका विभिन्न स्थानमा गरिएको परिक्षणमा २ सय १ जनाको नतिजा पोजेटिभ देखिएको हो ।
आज भेटिएका संक्रमितसँगै नेपालमा संक्रमित हुनेको संङख्या २ हजार ३ सय पुगेको छ । संक्रमितको संख्या २३ सय पुग्दा २ हजार १ सय ३० जना पुरुष हुन् भने १ सय ७० जना महिला छन् । आज थप एक व्यक्तिको निधन भएको छ । योसंगै ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।
देशका ७७ जिल्लाहरुमध्ये ६४ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा १२ जना संक्रमितले कोरोना विरुद्धको लडाइ जितेर घर फर्केका छन् ।
अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २ सय ७८ पुगेको छ ।
जसमध्ये २ सय २२ जना पुरुष छन् भने ५६ जना महिला रहेका छन् ।
प्रदेशअन्तरगत प्रदेश १ मा ४८ जना, प्रदेश २ मा १ सय ९ जना, बाग्मती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ३ जना, प्रदेश ५ मा ८० जना र सुदुरपश्चिम प्रदेशबाट ७ जना गरेर जम्मा २ सय ७८ जना संक्रमित निको भएका छन् ।