
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले लोकहित र लोकसम्मति विपरीत कर तिर्न लगाउने बाध्यकारी उर्दीबाट असफल सरकारको दरिद्र मनोविज्ञान छर्लङ्ग भएको बताएका छन्।
असाधारण संकटमा समयसीमा तोकेरै कर तिराउने सरकारको निर्णयलाई राप्रपा अध्यक्ष राणाले अर्थमन्त्रीको अनर्थको धम्कीको संज्ञा दिँदै विरोध गरेका छन्।
‘७२ दिन यता देश बन्दाबन्दीमा छ।
बन्द व्यापार, व्यवसाय ठप्प छ।
कर भनेको आम्दानी या सुविधा बापतको हो।
जब कि अहिले न आम्दानी छ न सुविधा,’ बुधबार उनले ट्वीट गर्दै भने, ‘तै जेठ २५ भित्र कर तिर्न सरकारको उर्दी छ।
अर्थमन्त्रीको अनर्थको धम्की लोकहित, लोकसम्मति विपरीत छ।
असफल सरकारको दरिद्र मनोविज्ञान छर्लङ्ग भएको छ।’
कर बुझाउन करदातालाई सरकारले जेठ २५ गते सम्मको अन्तिम समयसिमा तोकेको थियो।
कोरोना भाइरस महामारीका कारण भईरहेको लकडाउनले गर्दा २ महिना थपिएको समय सकिनै लाग्दा सरकारले अन्तिम समयसिमा तोकेको थियो।