
चैत ११ गतेदेखि जारी लकडाउनको अवज्ञा हुन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल थालेका छन्। लकडाउन अढाई महिना पुग्दै गर्दा जनजीवन संकटग्रस्त भएपछि अहिलेसम्मको समीक्षा र नयाँ विकल्पबारे प्रधानमन्त्री ओलीले बुधबार विज्ञहरुसँग संवाद गर्ने भएका हुन्।
प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले बुधबार अपरान्ह ४ बजे बालुवाटारमा छलफल गर्ने गरी विभिन्न क्षेत्रका २५ जना विज्ञलाई बोलाएका छन्।
‘यो छलफलमा अहिलेसम्मको लकडाउनको समीक्षा हुनेछ। त्यसैगरी लकडाउनले पारेका प्रभाव र आगामी रणनीतिबारेमा प्रधानमन्त्रीले छलफल गर्नुहुनेछ’, थापाले भने, ‘छलफलमा अर्थविद्, स्वास्थ्य क्षेत्रका विज्ञ, सामाजिक अगुवासहितका करिब २५ जनालाई बोलाइएको छ।
थापाका अनुसार प्रधानमन्त्रीले लकडाउनको मोडालिटीसहित अहिलेसम्मको अवस्थाबारे पनि विज्ञहरुसँग समीक्षा गर्ने छन्।
‘लकडाउनको मोडालिटीमा पनि छलफल हुनेछ।
सरकारले कोरोना संकटविरुद्ध जुध्न नयाँ रणनीति बनाइरहेका बेला विज्ञसँगको छलफलले केही निचोड दिनेछ’, उनले भने, ‘लकडाउनले अर्थतन्त्रमा पारेको प्रभाव, भोलिको जोखिम र असरबारे पनि कुरा हुनेछ।
लकडाउनबाट व्यापारी पनि आजित बनेका छन् । आज मात्रै दरबारमार्ग र मैतिदेबीका व्यापारीले पुल खोल्न पाउनुपर्ने माग राखेर पुल खोलेका थिए । मैतिदेबीको वडाअध्यक्षले भने १ बजे सम्म पुल खोल्ने अनुमति दिएका छन् ।
त्यस्तै हेटौंडालगायतका केहि ठाउँका लकडाउन उल्लङगन गर्ने भनेर व्यापरीहरु आक्रोशित छन् भने केहि ठाउँमा कर्फ्यु लगाइएको छ ।