
काठमाडौं – नेपाली संगीतको बगैंचामा गायिका अञ्जु पन्तले सयौं सुगन्धित फूलहरु रोपेकी छन् ।
अहिले पनि सर्वाधिक चर्चित र व्यस्त गायिकामा गनिन्छिन् उनी ।
व्यक्तिगत जीवन जति उतारचढावयुक्त भए पनि सांगीतिक करिअरमा भने अहिलेसम्म पछाडि फर्केर हेर्नुपरेको छैन ।
अहिले उनका फ्यानका लागी खुशीको खबर छ । अन्जुको फेसबुक पेज भेरिफाइड भएसँगै उनलाई शुभकामना दिनेको ओइरो नै लागेको छ ।
आफ्नो फेसबुक पेज भेरिफाइड भएपछी गायिका अन्जु पन्तले खुशी ब्यक्त गर्दै यस्तो स्टाटस लेखेकी छिन् ।
उनले लेखेको स्टाटस पढ्नुहोस् जस्ताको त्यस्तै
केहि समय अगाडी प्रकाशित भएकाे अन्जु पन्तकाे समाचार हेर्नुहाेस
र यो पनि भोकभोकै रहेका मजुदुरलाई अन्जु पन्तले खुवाइन् खाना
करिव डेढ महिना लामो लकडाउनको कारण धेरैलाई समस्या परिरहेको छ । अझ दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउनेहरुलाई हातमुख जोड्न गाह्रो परिरहेको अवस्था छ ।
यस्तो समय धेरै संघ संस्था तथा व्यक्तिहरुले विभिन्न स्थानमा खाना खुवाइरहेका छन् । केही कलाकारहरु पनि यस कार्यमा जुटिरहेका छन् ।
गायिका अन्जु पन्तले पनि काठमाडौँ उपत्यकाभित्र बौद्ध, जोरपाटी, बीर अस्पताल, नख्खु दोबाटो, फर्सीडोल ललितपुर लगायतका विभिन्न १२ स्थानमा विहिवार र शुक्रबार खाना वितरण गरेकी छिन् ।
‘अन्जु पन्त फाउण्डेसन’को तर्फबाट उनले खाना वितरण गरेकी हुन् ।
यो कठिन परिस्थितीमा सहयोग गर्न पाउँदा आफू निकै खुसी भएको अन्जु बताउँछिन् ।
अन्जुले भनिन्, ‘लकडाउनको बेलामा घरबाट बाहिर ननिस्की बस्नु पर्ने हो । तर, बिभिन्न ठाउँमा मानिसहरु भोक भोकै हुनुहुन्छ भन्ने खबर सुनेपछि आफू चुप लागेर बस्न सकिन । त्यसैले आफैँ खाना बोकेर बाहिर निस्किए ।’
अन्जुको हातबाट खाना खान पाउँदा मजदुरहरु पनि खुसी देखिन्थे ।