
बुटवल । कोरोनाका कारण अहिले विश्वका अधिकांश मुलुक लकडाउनमा छन् । जसका कारण मजदुरी गरेर खाने परिवारलाई आर्थिक समस्या छ । कामका लागि घर छोडेर अन्यत्र गएकाहरु पनि काम विहिन भएर घर फर्कदै छन् । यस्तो अवस्थामा घर फर्कदा उनीहरुले निकै अप्ठ्यारो अवस्थाको सामना गर्नु परेको छ । अर्घाखाँची भुमिकास्थन नगरपालिका–९ का ३१ वर्षीयाले जेठ सात गते आमालाई फोन गरे। ‘आमा यहाँ काम बन्द भयो, म त्यतै आउँछु, एकदुई दिनभित्र हिँड्छु होला।’ भारतको अहमवादमा होटलमा कुकको काम गर्ने उनी कहिले आउलान भन्ने प्रतिक्षामा थिए घरका परिवार।
जेठ ९ गते उनी नेपाल आउने रिजर्भ बस चढे। १० गते बिहान ८ बजे श्रीमतीलाई फोन गर्दै भनेका थिए,‘म बसमा आउँदैछु, १२ बजेसम्म त्यही आइपुग्छु होला, चिन्ता लिनु पर्दैन।’ १४ वर्षदेखि भारतमा काम गर्दै आएका उनी गतवर्षको दसैंको टिका लगाएर फर्किएका थिए। छोरो आउने भएपछि आमाले छिमेकीलाई कहाँको क्वारेन्टाइनमा राख्ने होला भन्दै मेसो मिलाउँदै थिइन्।
दुई वर्षीया छोरा र ६ वर्षीया छोरी, आमा, श्रीमती उनी आउने बाटो कुरिरहेका थिए। उनले बाटोमा आउँदा समेत घरमा फोन गरेका थिए। ‘अर्घाखाँचीका धेरै जना नै छौं,
बसमा आउँदैछौं, उनले भनेका थिए। त्यसो भनेको एक घण्टापछि छिमेकी विष्णु पौडेललाई खवर आयो,‘उनको बाटैमा ज्यान गयो।’ बाबु आउने मुलबाटोमा टोलाउँदै गरेकी छोरी, आमा र श्रीमतीले थाहा पाए, उनी अब कहिल्यै आउने छैनन्। अर्घाखाचीको भूमिकास्थान नगरपालिका र सन्धिखर्क नगरपालिकामा घर भएकाहरु भारतबाटै दुई वटा
बर्स रिजर्भ गरेर स्वदेश फर्किदै थिए। युवक भुमिकास्थानको बसमा चढे। बीचमा आउँदा उनी फेरि सन्धिखर्कको टोली रहेको बसमा सरे। जुन बसमा उनका आफन्तहरु धेरै थिए। अन्नपुर्णपोष्टका लागि लक्ष्मण पोखरेलले लेखेका छन् । भारतको लखनऊ कटेपछि उनमा बेचैन भयो। बस रोकेर पानी खान जान्छु भन्दै निस्किए। पानी खाएर बसमै फर्किए। बस आफ्नै रफ्तारमा कुदिरहेको थियो। बीचमै उनले असहज मससुस गरे। ‘मलाई त निकै गाह्रो भयो भन्दै बसभित्र वरपर गरिरहेका थिए, बसका अन्य यात्रुलाई उद्धृत गर्दै भुमिकास्थान ९ का वडाध्यक्ष नारायण खनालले अन्नपूर्ण भने। बसभित्रै बेचैन भएका उनी एकैछिनमा ढले। यात्रुहरुले के भयो, कसो भयो भन्न नपाउँदै उनको प्राण गयो।