कोरोना भाइरस संक्रमण बढ्ने भन्दै सरकारले ७२ दिन अघि (चैत ११) देखि लगाएको लकडाउन सामान्य खुकुलो बन्दै गएको छ। सडकमा सवारी आवगमन हुन थालेको छ।
७२ दिनसम्म घरमै बसेका सर्वसाधरण समेत पुरानै अवस्थामा काममा फर्कन शुरु गरेका छन्।
आफ्नो पेशा, व्यवसायलाई निरन्तरता दिने पक्षमा उनीहरु पुगेका छन्।
आर्थिक रुपमा चपेटामा पर्न थालेको भन्दै लकडाउनको सम्मान गर्दे स्वास्थ्य सुरक्षामा ख्याल राखेर काम शुरु गरेको कपनका हेमबहादुर बिकले बताए।
सरकारले लकडाउन मात्र गर्ने भन्दा पनि विकल्प र यसको मोडालिटी परिर्वतन गरेर जनतालाई काम गर्न दिनु पर्छ उनले भने,।
मंगलबार सडकमा सवारी आवगमन केही मात्रामा बढेको पाइएको छ। यता सरकारले जेठ ३२ गते सम्म लकडाउन कायमै राख्ने निर्णय गरेको छ तर गृह मन्त्रालयको पास लिएर सवारी साधन सञ्चालन गर्न पाउने भनी खुकुलो व्यवस्था गरे पछि सवारी साधनको चाप सडकमा बढेको पाइएको हो।
सिमा प्रवेशका नाकामा पुर्ण रुपमा कडाइ गर्नु पर्ने र उपत्यका प्रवेशमा कडाइ गरी प्रत्येकको कोरोना परिक्षण गरेर संक्रमणलाई न्युनिकरण गर्नु पर्ने नारायण कुमार गुरुङले सरकारलाई सुझाव दिए। क्वरेन्टाइनमा राख्दैमा कोरोना संक्रमण नहुने भन्ने होइन तर यो फेसन जस्तै बनायो। तत्काल परिक्षण नगर्ने हो भने यो अर्थ हिन हुन्छ त्यसैले व्यवस्थापनमा कडाइ गरेर लकडाउन खुकुलो बनाउनुको विकल्प छैन। जनताले गरेर खान दिनु पर्ने उनको माग छ।