२०७७ साल जेठ शुक्लपक्ष २१ गते बुधवार त्रयोदशी तिथि स्वाती नक्षत्र चन्द्रमा तुला राशिमा ।
मेष राशी : मेष राशि हुने व्यक्तिहरुको लागि आजको दिन राम्रो देखिएको छ । नयाँ कामको अवसर प्राप्त हुने योग देखिएको छ । आफूले गरिरहेको काममा सफलता मिल्नेछ भने दाम्पत्य जीवनमा कुनै पनि समस्या थियो भने सो समस्या कम भएर जानेछ । विवाह नगरेका व्यक्तिहरुको लागि विवाहको अगाडि बढ्ने देखिन्छ ।
वृष राशी : कसै सँग पैसा वा केही सापटी चलाउनु भएको छ भने चाँढै तिर्नु होला अन्यथा समस्या वा फस्न सक्ने सम्भाबना छ । स्वास्थ्यले भने दुःख दिनेनै छ संम्यमता अपनाउनु राम्रो हुनेछ ।
मिथुन राशी : प्रेमलाइ विवाहमा परिणत गर्न चाहानु हुन्छ भने राम्रो समय छ कुरा आगाडि वढाउनु होला । धन लाभको साथै सन्तान वाट सुख सुविधा प्रात्त गर्न सक्नुहुनेछ ।
कर्कट राशी : आमाको स्वस्थ्यमा भएको समस्या कम भएर जानेछ । मन प्रसन्न रहने छ घर परिवार तथा साथीभाइ सगँको सहयोग र ममताको कारणले गर्दा । आर्थिक लाभको पनि सम्भावना छ ।
सिंह राशी : घर परिवारमा मत मतान्तरको वातावरण वन्नुका साथै व्यपार व्यवसायवाट लाभ प्राप्त हुन सक्छ । जागिरमा पदोन्नतिको साथै नँया काम पाउने सम्भावना छ ।
कन्या राशी : दाँत वा मुखमा कुनै घाउले सताउन सक्नेछ । नयाँ कामको अवसर प्राप्त हुनुका साथै वैदेशिक यात्राको अवसर प्राप्त हुन सक्छ । रोकिएको काम बन्नेछ भने नयाँ काममा ढिला हुन सक्छ ।
तुला राशी : व्यत्तित्वको प्रभाव वढ्नुका साथै मान सम्मानमा वृद्दि हुनेछ । तपाईको पराक्रम देखेर अरुलाइ तपाईप्रति लोभ लाग्न सक्छ । काममा जानु पूर्व भने गणेश भगवानको दर्शन गरेर जाँदा राम्रो हुनेछ।
वृश्चिक राशी : आउदै गरेको धन रोकिन सक्नेछ भने नयाँ ठाउँमा लागानी गर्नु पूर्व धेरै सोच विचार गर्नु होला । साथीभाइलाई धेरै विश्वास गरेर गोप्य कुरा भन्नाले काममा वा धनमा बाधा हुनेछ ।
धनु राशी : धन लाभको साथै अचल सम्पत्ति प्राप्त हुन सक्नेछ । व्यापार व्यवसाय बाट पनि मनग्गे आम्दानी हुन सक्नेछ ।दाजुभाइको साथ र सहयोगले रोकिएको काम वन्नेछ ।
मकर राशी : यात्रा गर्ने अवसर मिल्नुका साथै विदेश वाट लाभ प्राप्तहुन सक्ने योग देखिएको छ । काममा पदोन्तीको सम्भावना छ । व्यापार वाट राम्रो लाभ हुन सक्छ ।
कुम्भ राशी : धार्मिक यात्राको अवसर प्राप्त हुनुका साथै घरमा वा नयाँ ठाउमा मांगलिक कार्यमा सरिक हुने अवसर मिल्नेछ । आर्थिक लाभ हुनुका साथै काममा ठुलो सफलता हात पर्ने देखिएको छ ।
मीन राशी : अरुको विश्वास गर्नु पूर्व धेरै विचार गर्नु होला अन्यथा विश्वास घात हुन सक्छ । वैदेशिक यात्राको अवसर प्राप्त होला । साँझको समयमा आर्थिक लाभ हुन सक्ने योग छ ।