
रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीगाउँमा गत शनिबार भएको घटनामा बे पत्ता भएका भेरी नगरपालिका–११ मटेलाका १९ वर्षीय गोविन्द शाहीको शव फेला परेको छ । प्रहरीका अनुसार उनको शव मंगलबार भेरी नगरपालिका–१२, खोताखोलास्थित भेरी नदीमा फेला परेको हो ।
उनको शव भेरी कपडाले टाउको बाँ’धेको, दाँत भाँ’चिएको र टा’उको फु’टेको अवस्था फेला परेको खोजतलासमा जुटेका छवि पन्तले जानकारी दिनुभयो । यसभन्दाअघि ५ जना युवाको शव भेटिइसकेको छ। यससँगै सोतीबासीको आ’क्रमणमा परेर ज्यान गुमाउनेको संख्या पनि ६ पुगेको छ।
बे’पत्ताको शव घटनास्थलभन्दा करिब २० किलोमिटर टाढा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार शव पोस्टमार्टमका लागि जाजरकोट अस्पताल लगिएको छ । पोस्टमार्टम रिपोर्टपछि उनको मृ त्युको कारण खुल्ने उनको भनाइ छ । स्थानीयले भने उनको ह त्या गरेर नदीमा फालिएको दाबी गरेका छन् ।
यसअघि बेपत्तामध्ये जाजरकोटको छेडागाड नगरपालिका-१३ स्थित कालाभीर नजिक भेरी नदीको किनारमा भेरी नगरपालिका–४ का १९ वर्षीय सञ्जु विकको शव जेठ १५ मा फेला परेको थियो। त्यसअघि बुधबार भेरी नगरपालिका-११ का २० वर्षीय लोकेन्द्र सुनारको शव भेरी नदीमा तैरिरहेको अवस्थामा फेला परेको थियो। ६ जना मध्ये दुई जनाको शव घटनालगत्तै फेला परेको थियो। सबैभन्दा पहिले भेरी नगरपालिका–४ का नवराज बिक र गणेश बुढा मगर तथा चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको शव भेटिएको थियो। चौरजहारी नगरपालिका–८ सोती गाउँका स्थानीयले ल’खेटेपछि ज्यान जोगाउन भेरी नदीमा हामफालेकाशव बिहीबार फेला परेसँगै निधन हुनेको संख्या ६ पुगेको छ।
यसरी सुरु भएको थियो प्रेम
जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज विश्वकर्मा विभिन्न खेलकुदमा सक्रियतापूर्वक भाग लिन्थे । उनसँग ‘प्रेमसम्बन्ध’ मा रहेकी युवती चौरजहारी नगरपालिका–८ सोतीगाउँकी हुन् । भेरी नदीले छुट्याएको वल्लोपल्टो गाउँका उनीहरूबीचको प्रेमसम्बन्ध तीन वर्ष भएको नवराजकै बाबुआमाले केहीअघि मात्रै थाहा पाए ।
२०७५ साल जाजरकोटको कुदुमा भएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा पहिलो पटक दुवैबीच भेट भएको थियो । त्यही नै उनीहरूबीच चिनाजान पनि भयो । त्यसपछि उनीहरू नियमित सम्पर्कमा थिए । २०७६ साल पुसमा जाजरकोटको खलंगा मेलामा ती युवती नवराजको घरमा गएर चार दिन बसेकी रहिछन् । केटाका बाबुले ‘ती युवतीलाई उमेरले पनि सानी भएको र जातका आधारमा पनि ठकुरीकी छोरी हामीसँग मिल्दैन’ भनेर सम्झाउन खोजेका थिए ।
जवाफमा केटीले ‘अंकल तपाईं कस्तो कुरा गर्नुहुन्छ ? हामी माओवादी हौं, हामीले जातभात मान्दैनौं । हामी दुवैजना साथी हौं । हामीले आठ वर्षपछि बिहे गर्ने हो’ भनेर जवाफ दिएको नवराजका बाबुले स्थलगत अध्ययन टोलीसँगको कुराकानीमा बताएका छन् । केही दिनमा नै ती युवती नवराजको भाइ (सानीआमाका छोरा) को जन्मदिनका अवसरमा घरमा आई तीन दिन बसेर फर्केकी थिइन् ।
उनीहरूबीच नियमित फोन र एसएमएसदेखि फेसबुक र म्यासेन्जरमा कुराकानी भइरहेको साथीहरूले बताएका छन् । त्यस्तैमा लकडाउन सुरु भएको केही दिनमा गत चैत १७ गते ती युवतीले नवराजलाई आफ्नो घरमा भेटघाटका लागि बोलाएकी थिइन् । त्यही दिन केटीको घरपरिवारले अपशब्द प्रयोग गरी कुटपिट गर्नुका साथै इलाका प्रहरी कार्यालय चौरजहारीमा बुझाएको खुलेको छ । एक रात हिरासतमा राखेपछि प्रहरीले भोलिपल्ट नवराजका बाबुलाई झिकायो । बाबु शारीरिक रूपमा अशक्त भएकाले जान नसकेकामा आमा गएर छोरा बुझेर घर लगिन् ।