
काठमाडौं । काठमाडौं मेडिकल कलेजमा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।
उनीहरुमध्ये २४ देखि ३२ वर्ष उमेरसम्मका ३ महिला र २८ वर्ष उमेरका एक जना पुरुष रहेको देवकोटाले जानकारी दिए ।
यो सँगै नेपालमा थप २८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
सोमबार २८८ जना संक्रमित थपिएसँगै नेपालमा कूल कोरोना संक्रमतिको संख्या २०९९ पुगेको छ ।
यस्तै उनले थप ४५ जना कोरोना संक्रमित निको भएर घर फर्किएको पनि जानकारी दिए ।
यो सँगै नेपालमा कोरोना निको भएर घर फर्किएको संख्या २६६ पुगेको छ ।
जसमध्ये २१२ जना पुरुष छन् भने ५४ जना महिला रहेका छन् ।
यस्तै हालसम्म कोरोनाबाट ८ जनाको मृत्यु भइसकेको छ ।
प्रदेशअन्तरगत प्रदेश १ मा ४८ जना, प्रदेश २ मा १ सय ४ जना बाग्मती प्रदेशमा ३० जना गण्डकी प्रद्शमा ३ जना प्रदेश ५ मा ७४ जना र सुदुरपश्चिम प्रदेशबाट ७ जना गरेर जम्मा २ सय ६६ जना संक्रमित निको भएका छन् ।