
पछिल्लो २४ घन्टामा २ सय ८८ जना संक्रमितहरु फेला परेका छन्
जसमध्ये २ सय ७० जना पुरुष हुन् भने १८ जना महिलाहरु रहेका छन् ।
योसँगै नेपालमा संक्रमित हुनेको संख्या २ हजार ९९ पुगेको छ । जसमध्ये १ हजार ९ सय ४९ जना पुरुष छन् भने १ सय ५० जना महिला रहेका छन् । नेपालमा ७७ जिल्लामध्ये ६१ जिल्लामा संक्रमित फेला परेका छन् ।
पछिल्लो २४ घन्टामा ४५ जना डिस्चार्ज भएका छन् ।
अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २ सय ६६ पुगेको छ । जसमध्ये २ सय १२ जना पुरुष छन् भने ५४ जना महिला रहेका छन् ।
प्रदेशअन्तरगत प्रदेश १ मा ४८ जना, प्रदेश २ मा १ सय ४ जना, बाग्मती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ३ जना, प्रदेश ५ मा ७४ जना र सुदुरपश्चिम प्रदेशबाट ७ जना गरेर जम्मा २ सय ६६ जना संक्रमित निको भएका छन् ।