
काेराेना माहामारीले संसारनै आक्रान्त भएको बेला नेपाल पनि यसबाट अछुतो रहेन।
काेराेना महामारीका कारण बिश्वभरिनै सबैभन्दा पिडित यदि काेहि छन भने ती डाक्टर र स्वास्थ्यकर्मी हुन।
संक्रमितको उपचार गर्दागर्दै आफै संक्रमणमा परेर धेरै डाक्टर तथा स्वास्थ्यकर्मीले आफ्नाे ज्यानै गुमाएका धेरै घटना सार्वजनिक भएका छन भने नेपालमा पनि संक्रमितको उपचार गर्दागर्दै संक्रमणमा धेरै डाक्टर र स्वास्थ्यकर्मी पनि परेका छन।
केटिएम दैनिकले ग्वार्काेकाे बीएण्डबी अस्पतालका कर्मचारी अन्यायमा परेको समाचारलाई आफ्नाे प्राथमिकतामा पारी समाचार प्रकाशन गरेपछि आफु पनि अन्यायमा परेकाे भन्दै बल्खु स्थित बयाेधा अस्पतालका कर्मचारीहरु हाम्राे प्रतिनिधिको सम्पर्कमा आएका छन।
उनिहरुका अनुसार बयाेधा अस्पताल ब्यबस्थापनले उक्त अस्पतालमा कार्यरत करिब २५० डाक्टर ,नर्स लगायतका कर्मचारीलाई बिगत दुई महिना देखि आधा मात्रै तलव दिएको खुलासा गरेका हुन।हाम्रा प्रतिनिधिको सम्पर्कमा आएका कर्मचारीले आफुहरु मर्नु र बाच्नुकाे अबस्थामा पुगेकाे बताए ।एक त समाज र घरबेटीले अस्पतालमा कामगर्ने मानिसलाई काेराेना भाइरसकाे ब्यबहर गर्ने र त्यसमाथि अस्पतालले तलब आधा कट्टा गर्दा आफुहरु याे पेशामा लागेर निक्कै ठुलो गलत गरेको बताए ।
यस्तो महामारीको अवस्थामा स्वास्थ्यकर्मीकाे मनाेबल उच्च हुने ब्यबहार अस्पताल प्रशासनले गर्नु पर्ने बेलामा हाम्रो मनाेबल कम्जोर मात्रै पारिएन हामीले अर्को पेशा ब्यबसाय खाेज्नु पर्ने अबस्था अाएकाे उनिहरुकाे कथन छ।
काे हाे सञ्चालक?
बयाेधा अस्पतालकाे मुख्य सञ्चालक अजय गुप्ता हुन।
अजय गुप्ताको पहिचान अस्पताल क्षेत्रमा भन्दा पनि सर्जिकल सामाग्री बिक्रेताको हिसाबमा धेरै ब्यवसाहिहरु ले चिन्दछन।
करिब २० बर्ष अघि गुप्ता उनकाे मामा भिम गुप्ताकाेमा साइकलमा सामान डेलिभरि गर्ने काम गर्दथे।
एका एक उनी कसरी अर्बपति भए रहस्यमय देखिन्छ ।
उनको एटलास सर्जिकल ,एटलास डि कार्गो ,भाइटल हेल्थ केयर लगायत दृश्य अदृश्य अनेकौं बिजनेस रहेको हाम्रो श्रोतले पत्ता लगाएकाे छ।
अजय गुप्ताले साेझा नेपाली नागरिकको नागरिकता प्रयोग गरेर ब्यबसाहिक फर्महरु दर्ता गर्ने र त्यसबाट अबैध काम गर्ने गरेका हामीलाई जानकारी हामीलाई प्राप्त भएको छ।
केहि बर्ष पहिले एक जना महिलाको नामबाट खाेलिएकाे फर्मबाट ट्याक्स छलि गरेको पाइयपछि ती महिला लामो समय थुनामा परेकी थिइन ।
उनी सङै ब्यबसाय सुरु गरेका क्षेत्रपाटीका सर्जिकल ब्यबसाहिहरुकाे कथन छ हामी जाहाकाे त्यहि तर अजय गुप्ता कसरी अर्ब पति भए राज्यले छानबिन गर्नुपर्छ।